logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जेनजी आन्दोलन भड्काउन भूमिका खेलेको भनिएको ‘टीओबी’ समूहबारे सेनाको अध्ययन सुरु

जेनजी आन्दोलन भड्काउन भूमिका खेलेको भनिएको ‘टीओबी’ समूहबारे सेनाको अध्ययन सुरु


  • शुक्रबार, असोज ३१ २०८२
  • 533
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    जेनजी आन्दोलन भड्काउन मुख्य भूमिका खेलेको आरोप लाग्दै आएको ‘तिब्बतीयन ओर्जिनल ब्लड (टीओबी)’ समूहबारे नेपाली सेनाले औपचारिक अध्ययन सुरु गरेको जनाएको छ।

    शुक्रबार जंगी अड्डामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले उक्त समूहबारे सेनाले गम्भीर अध्ययन गरिरहेको जानकारी दिए।

    “यो समूहको बारेमा विभिन्न कुरा बाहिर र सञ्चारमाध्यममा आएका छन्। हामी पनि अध्ययन गरिरहेका छौं,”
    थापाले भने, “यहाँहरूलाई पनि त्यसबारेमा कुनै जानकारी वा प्रमाण भए, उपलब्ध गराएर सहयोग गरिदिनुहोस्।”

    भदौ २३ गतेको जेनजी आन्दोलनमा मोटरसाइकलमा निस्किएको यही समूहले आन्दोलन भड्काएको आरोप लगाइएको छ। शान्तिपूर्ण आन्दोलन भइरहेका बेला मोटरसाइकलको आवाज पड्काउँदै भीडलाई उस्काउने र अगाडि बढ्न प्रेरित गर्ने भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

    त्यसै क्रममा, समूहका एक सदस्यले हतियार प्रदर्शन गरेको दृश्य सार्वजनिक भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

    सेनाले पनि उक्त समूहको गतिविधि, संरचना र सम्भावित संलग्नता सम्बन्धी बुझाइका काम अघि बढाइएको जनाएको छ।

    सुरक्षा निकायहरूले हाल जेनजी आन्दोलनमा बाह्य प्रभाव र संगठित समूहको भूमिका सम्बन्धी अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।

    प्रकाशित : शुक्रबार, ३१ असोज २०८२ , ०६:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend