logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री कार्की पुरानै असफल राजनीतिक मार्गमा फर्किँदै

प्रधानमन्त्री कार्की पुरानै असफल राजनीतिक मार्गमा फर्किँदै


  • मंगलबार, कार्तिक ४ २०८२
  • 611
    SHARES

    काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका विषयमा सात राजनीतिक दलका नेताहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले आज छलफल गर्ने भएकी छन् । देश चलाउन असफल सिद्ध भएका राजनीतिक दलहरुलाई सडकबाट निर्मित अन्तरिम सरकारको नेतृत्वले आगामी फाल्गुन महिनामा हुन लागेको प्रतिनिधिसभा चुनावलाई लिएर छलफलमा जुट्न आव्हान गरेकी हुन् । यसले प्रम कार्कीसँग पुरानै असफल राजनीतिक मार्गका पथिकहरुसँग हातेमालो गर्नुको विकल्प नरहेको देखाएको छ ।

    प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, छलफल आज दिउँसो ४ बजे बालुवाटारमा हुने भएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी, राजनीतिक सहमति र वातावरण सुदृढीकरणका विषयमा दलहरूसँग विचारविमर्श गर्नका लागि यो बैठक बोलाएकी हुन् । प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सातवटै राजनीतिक दलहरूलाई छलफलका लागि औपचारिक पत्र पठाएर प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधि पठाउन आग्रह गरेकी छन् ।

    छलफलका लागि निमन्त्रणा प्राप्त दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र जनमत पार्टी रहेका छन् ।

    प्रधानमन्त्री कार्कीले निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच संवाद र समन्वय बढाउने उद्देश्यले यो बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

    प्रकाशित : मंगलबार, ४ कार्तिक २०८२ , ११:०४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend