logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, चार नयाँ मन्त्री आजै शपथग्रहण गर्न लाग्दै

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, चार नयाँ मन्त्री आजै शपथग्रहण गर्न लाग्दै


  • आइतबार, कार्तिक ९ २०८२
  • 585
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा चार जना नयाँ मन्त्रीको नाम तय भएको स्रोतले जानकारी दिएको छ।

    स्रोतका अनुसार सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिन लागिएको छ। त्यसैगरी, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन्।

    त्यस्तै खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् भने बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने तयारी भएको छ।

    चारै जना मन्त्रीको आजै शपथग्रहण हुने कार्यक्रम तय भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै सरकारको कार्यगत गतिमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको बताइएको छ।

    प्रकाशित : आइतबार, ९ कार्तिक २०८२ , ०९:२२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend