logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रिय सभाको बैठकका लागि सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा करिब ३० लाखमा व्यवस्थापन हुने

राष्ट्रिय सभाको बैठकका लागि सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा करिब ३० लाखमा व्यवस्थापन हुने


  • आइतबार, कार्तिक २३ २०८२
  • 845
    SHARES

    २३ कात्तिक, काठमाडौं – राष्ट्रिय सभाको बैठकका लागि सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा करिब ३० लाखमा व्यवस्थापन हुने तयारी भइरहेको छ।

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार आन्तरिक तयारी सुरु भइसकेको छ र हल व्यवस्थापनको लागि करिब ३० लाख रुपैयाँको एस्टिमेट तयार गरिएको छ। अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उक्त जानकारी दिएका हुन्।

    अध्यक्ष दाहालले भने, “हल नहुँदा राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन। अब हल व्यवस्थापन भइसकेपछि अधिवेशन बोलाउन सकिनेबारे छलफल भइरहेको छ।”

    उनका अनुसार आगामी मंसिर दोस्रो साता राष्ट्रिय सभाको अधिवेशन बोलाउन सकिने सुझाव दिइएको छ। “मंसिर १५ गतेभित्र अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिइएको छ,” अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई दिइएको सुझावको बारेमा भने।

    अध्यक्ष दाहालले प्रधानमन्त्री कार्की राष्ट्रिय सभाप्रति सकारात्मक रहेको पनि पाएको बताए।

    प्रकाशित : आइतबार, २३ कार्तिक २०८२ , ०२:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend