logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

पूर्व महानिरीक्षक खापुङको विदेश भ्रमणमा रोक, आयोगको अनुमति बिना काठमाडौं उपत्यका छाड्न नपाउने

पूर्व महानिरीक्षक खापुङको विदेश भ्रमणमा रोक, आयोगको अनुमति बिना काठमाडौं उपत्यका छाड्न नपाउने


  • बिहिबार, कार्तिक २७ २०८२
  • 754
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझका लागि गठित अनुसन्धान आयोगले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाएको छ।

    आयोगको बिहीबार बसेको बैठकले खापुङलाई आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छोड्न नपाउने गरी नियन्त्रण आदेश जारी गरेको हो। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार यो निर्णय अनुसन्धान प्रक्रिया सहज, पारदर्शी र प्रभावकारी बनाउनका लागि गरिएको हो।

    प्रवक्ता शर्माले भने, “आयोगले प्रारम्भिक तथ्यसंग्रहका क्रममा आवश्यक प्रमाण तथा जानकारी सुरक्षित राख्ने उद्देश्यले खापुङको आवागमनमा अस्थायी रोक लगाउने निर्णय गरेको छ।”

    भदौ २३ र २४ गतेका घटनाबारे बनेको उक्त उच्चस्तरीय छानबिन आयोगले त्यस घटनाका जिम्मेवार व्यक्ति, निर्णय प्रक्रिया र सुरक्षा निकायको भूमिका सम्बन्धमा विस्तृत अध्ययन गरिरहेको छ। आयोगले हालसम्म विभिन्न प्रहरी अधिकारी र सरोकारवालाहरूसँग बयान लिइसकेको बताइएको छ।

    आयोगको निष्कर्ष सार्वजनिक नहुन्जेलसम्म खापुङले काठमाडौं उपत्यका बाहिर जान वा कुनै अन्तर्राष्ट्रिय भ्रमणमा सहभागी हुन आयोगको पूर्व स्वीकृति लिनुपर्नेछ।

    प्रकाशित : बिहिबार, २७ कार्तिक २०८२ , ०३:३७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend