लोकसारथि संवाददाता, काठमाडौं ।
नेकपा एमालेले ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने मुख्य नारासहित आज भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ। बागमती प्रदेश कमिटीको आयोजनामा हुने सो जनसभामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित नेता–कार्यकर्ता सहभागी भइरहेका छन्।
जनसभामा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। जनसभाअघि विभिन्न टोल, वडा तथा नगरपालिका–गाउँपालिकाबाट सहभागीहरू जुलुससहित भृकुटीमण्डप प्रवेश गर्नेछन्।
कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेकाे छ। भीड व्यवस्थापन र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी त्रिभुवन विश्वविद्यालय परिसरदेखि भृकुटीमण्डप आसपासका क्षेत्रसम्म सुरक्षा व्यवस्था कडा बनाइएको छ।
एमालेले शुक्रबार मात्र ‘भोलेन्टिएर फोर्स’ गठन गरेको थियो, जसका संयोजक पुष्पराज श्रेष्ठ तोकिएका छन्। पार्टीका अनुसार जनसभा र प्रदर्शनका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। जुलुस भृकुटीमण्डप पुगेपछि केही समयपछि सभा औपचारिक रूपमा सुरु हुने जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
