logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

थापाको ८ वर्ष : सामाजिक, आर्थिक, शैक्षिक र भौतिक विकासमा निराशाजनक परिणाम

थापाको ८ वर्ष : सामाजिक, आर्थिक, शैक्षिक र भौतिक विकासमा निराशाजनक परिणाम


  • बिहिबार, मंसिर १८ २०८२
  • 5.9K
    SHARES

    गुल्मी— कालिगण्डकी गाउँपालिका, गुल्मीका अध्यक्ष बेद थापा मगरको दुई कार्यकाल मिलेर आठ वर्ष पूरा हुँदै गर्दा गाउँपालिकाको समग्र सामाजिक, आर्थिक, शैक्षिक र भौतिक अवस्थाले अपेक्षित गतिमा प्रगति गर्न नसकेको देखिएको छ । जनताले विकासका थुप्रै आशा बोकेर नेतृत्वमा ल्याएका थापा लगातार विवाद, आरोप–प्रत्यारोप, योजनामा अनियमितता र कार्यान्वयनको कमजोरी अबैध कार्यका कारण आलोचनाको केन्द्रमा परेका छन्। थापा २०७४ र ७९ को स्थानीय निर्वाचनमा दुईपटक बिजय भएका थिए ।

    सामाजिक क्षेत्रमा अपेक्षा उच्च, उपलब्धि न्यून

    फ्री–वाईफाई जोन, स्मार्ट पालिका, विभेदरहित समाज निर्माण जस्ता आकर्षक घोषणा गरे पनि सामाजिक संरचनामा ठोस रूपान्तरण ल्याउन नसकेको जनताले टिप्पणी गर्न थालेका छन् । अध्यक्ष थापाले जनचेतनाको अभाव संगै संघिय सरकार संग आफ्नो पौच नपुगेको कारण देखाउँदै बजेट ल्याउन नसक्दा अपेक्षित बिकास गर्न नसकेको स्वीकार गर्न थालेपछि नेतृत्वको कार्यशैलीप्रति प्रश्न झनै गहिरिएको छ।

    गाउँपालिकाभित्र खेलमैदान, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण सुशासनको विकासमा प्राथमिकता दिनुपर्नेमा फोक्सिङ खेलमैदान झाडीमा परिणत भयो,घुमाउने बरेङ्ग सडक खण्डलाई उपेक्षा गर्दै बरल्बा रम्फै लुङ्ग हुँदै बाग्लुङ्गको धुल्लुबांस्कोट सडक खण्डलाई स्तर उन्नति गर्ने कार्यले थापा सामानुपातिक बिकासमा पूर्वाग्राही रहेको देखिएको छ ।

    जयखानीको प्रजापति मन्दिरलाई उपेक्षा गरियो।अहिले गाउँपालिकाको सामाजिक गतिविधि र जनसरोकारका कार्यक्रमहरूमा उत्साहभन्दा निराशा बढी छ ।गाउँपालिकाको कार्यालय वडा कार्यालयका भवन निर्माण हुन सकेका छैनन् । बिधिको शासन भन्दा कानुन बिपरित गरिएका अबैध कार्यले गर्दा असफलताको चिन्ह स्थापित गरिदिएको छ । मिसन भिजन संगै दृढ ईच्चा शक्तिको अभावमा कालीगण्डकीको रोलमोडल हस्पिटलको सैयामा थला परेको हो ।

    आर्थिक क्षेत्रमा स्रोत जुटाउने कमजोरी

    स्थानीय तहलाई उपलब्ध स्रोत–साधन पर्याप्त नभएको भनाइले थापाको नेतृत्वको आर्थिक कूटनीतिमा कमजोरी देखिन्छ । संघीय र प्रदेश सरकारसँग बजेट ल्याउन नसकेपछि गाउँपालिकामा अधिकांश योजना कागजमै सीमित भएका छन् । एक घर एक करेसाबारी, पशुपालन अनुदान, कृषि प्रवर्द्धनका नाराहरू जति बुलन्द गरिए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेनन् ।ब्यवसायिक कृषि भन्दा अनुदान मुखी जत्था निर्माण गरियो जस्ले थापालाई असफलताको डोरि समात्न बाध्य गरायो ।

    बजेट वितरणमा मनपरी, आर्थिक वर्षमा चालू खर्च बढाउँदै पूँजीगत खर्च घटाउने प्रवृत्तिले आर्थिक शुशासनमाथि प्रश्न उठेको छ।भ्रष्टाचार नियन्त्रण दाबी गरिए पनि लाखौंको बेरुजु देखिएको तथ्यांकले शून्य सहनशीलता नारालाई नै प्रश्नचिह्न लगाइदिएको छ।गुल्मी जिल्लामा राम्रो कामले भन्दा नराम्रो कामले चर्चामा रहेको छ । बेरुजुमा जिल्ला प्रथम हुने जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्ने नातेदारलाई बिना बिज्ञापन शिक्षक नियुक्ति गर्ने कालीगण्डकी नदिको ढुङ्गा गिटि तस्कर गर्ने जस्ता कार्यले थापालाई नराम्रो छवि निर्माण गरिदिएको छ ।

    शैक्षिक क्षेत्रमा संरचना भए पनि गुणस्तरमा सुधार आएन

    गाउँपालिका भित्रका १० माध्यमिक, ६ निम्न माध्यमिक र २६ प्राथमिक विद्यालयमा शैक्षिक गुणस्तर न्यून रहेको छ । स्वास्थ्यको परिसुचक जिर्ण रहेको छ । भूकम्प प्राधिकरण तथा अन्य स्रोतबाट बनेका विद्यालय भवनले भौतिक संरचनामा केही सुधार ल्याए पनि शिक्षा–गुणस्तर उकास्न ठोस पहल देखिएन।युवा पुस्ताले अपेक्षा गरेको आधुनिक, प्रविधिमैत्री तथा प्रतिस्पर्धी शैक्षिक वातावरण निर्माणमा पालिका चुकेको छ। साथै योजनाको गुणस्तर, अनुगमन र निरन्तरताको अभावले भौतिक पूर्वाधार विकास रुग्ण बनेको छ।

    राजनीतिक हस्तक्षेप र नेतृत्व कमजोरी प्रमुख चुनौती

    थापाले मनलाग्दी शैलीमा बजेट बिनियोजन गर्ने,आफू निकट कार्यकर्तालाई प्राथमिकता दिने, योजनामा हस्तक्षेप गर्ने प्रशासकिय प्रमुख देखि अन्य शाखा प्रमुखलाई कठपुतली बनाउने जस्ता कार्यले नेतृत्वको स्वच्छतामाथि प्रश्न उठेको छ। अर्बेनी भुर्तुङ्ग खड्गकोट फोक्सिङदेखि जयखानी, पूर्तिघाटदेखि हर्मीचौरसम्म जनताको प्रश्न एउटै छ।“८ वर्षमा कति परिवर्तन आयो?”

    जनताले थापा संग सिंगो गाउँपालिकालाई रूपान्तरण गर्ने ठूलो आशा राखेका थिए । तर विकासको गति कछुवा जस्तै बन्यो सामाजिक, आर्थिक, शैक्षिक र भौतिक विकासका हिसाबले कालिगण्डकी गाउँपालिका आज पनि पछाडि छ।थापाले नेतृत्व क्षमता, निर्णयको दूरदृष्टि र कार्यान्वयनको गति बढाउन सकेको भए गाउँपालिकाको स्वरूप फरक हुन सक्थ्यो।तर अहिले जनतामाझ मूल्यांकन स्पष्ट छ । उपलब्धिभन्दा कमजोरी बढी रहेको छ ।

    थापाको दुई कार्यकाल आठ बर्ष भित्र चार जना प्रमुख प्रशासकिय अधिकृत परिबर्तन भैसकेका छन् । थापा यस विषयमा चतुर देखिएका छन् । संघिय बजेट ल्याउन पौंच नपुराउने थापा आफू अनुकुलका अधिकृत ल्याईरहेका छन् । जस्ले नीति गत संगै अबैध भ्रष्टाचारको बाटोमा तल्लीन रहेको प्रष्ट रहेको छ ।

    थापाले आठ बर्षे कार्यकालमा बिकासका पुर्वाधारको सुचक पनि निर्माण गर्न सकेका छैनन् । परिणाम मुखी रिजल्ट बाग्मतिको ढल जस्तै रहेको छ । सामाजिक शैक्षिक आर्थिक भौतिक लगायत समग्र क्षेत्रको बिकास कोमामा पुगेको छ । जस्ले गर्दा थापाको नेतृत्व असफलताको प्रतीक बनेको छ ।

    भ्रष्टाचार, दण्डहीनता र बेतिथी मुख्य कारक

    कालीगण्डकी गाउँपालिका पछिल्ला वर्षमा कृषि, स्वास्थ्य, शिक्षा र यातायातजस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न नसक्दा स्थानीय जनजीवन प्रत्यक्ष प्रभावित भएको छ। गाउँपालिका भित्र देखिएको चरम भ्रष्टाचार, दण्डहीनता, प्रशासनिक बेतिथी र जनप्रतिनिधिहरूको दम्भपूर्ण व्यवहार नै विकास अवरुद्ध हुनुको प्रमुख कारणका रूपमा देखिएका छन्।

    कृषि क्षेत्रमा किसानले पाउने अनुदान कागजमै सीमित छ। कार्यकर्ता अनुदान मुखी बेतिथी भित्र थापा हाबी बन्दै आईरहेका छन् । सिँचाइ, बीउ–विजन तथा मल–औषधिको व्यवस्थापन कमजोर हुँदा कृषक उत्पादनमा गिरावट आएको छ।
    स्वास्थ्य सेवा पक्षमा पनि औषधिको नियमित आपूर्ति नभएको, जनशक्ति अभाव गाउँपालिकाभित्रको शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा सिकाइ गुणस्तर सुधारमा अपेक्षित प्रगति देखिन सकेको छैन।

    यातायात तथा भौतिक पूर्वाधारमा छुट्याइएको बजेट खर्च हुँदा पनि गुणस्तरीय काम हुन नसक्ने, ठेक्का प्रक्रिया गैरपारदर्शी देखिने र समयमै अनुगमन नहुने गुनासो स्थानीय तहमा बढ्दो छ। धेरै योजनाहरूको भुक्तानी भए पनि भौतिक संरचना कमजोर रहने गरेका छन् ।

    विशेषत: कालीगण्डकीमा विकास अवरुद्ध हुनुको मूल कारण दण्डहीनताको संस्कार ब्युरोक्रेसिमा हाबी हुनु हो ।जस्लाईअध्यक्ष थापाले संरक्षण गर्ने गरेका छन् । अनियमितता, भ्रष्टाचार तथा उजुरी परे पनि कारबाही नहुँदा गैरजिम्मेवारीका घटना दोहोरिने गरेको देखिन्छ।

    यसबाहेक जनप्रतिनिधि तथा उच्च तहका पदाधिकारीमा देखिने दम्भ, अहङ्कार र जनगुनासो सुन्ने मनोवृत्तिको अभाव ले योजनाहरू जनमुखीभन्दा पनि व्यक्तिगत तथा समूहगत स्वार्थमा केन्द्रित भएको आरोप लाग्दै आएको छ। स्थानीयहरूका अनुसार विकासको गति रोकिएको वर्तमान अवस्थाको तत्कालिक समाधानका लागि सुसासन सुदृढीकरण, पारदर्शी बजेट प्रणाली, नियमित अनुगमन तथा जनसहभागिता वृद्धि अपरिहार्य छ।
    कालीगण्डकीको समग्र विकासलाई अघि बढाउन “अब दण्डहीनता र भ्रष्टाचारको अन्त्य अनिवार्य” अनिवार्य हुनु पर्ने देखिन्छ ।

    प्रकाशित : बिहिबार, १८ मंसिर २०८२ , ०८:३४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend