logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रतिनिधि सभा सदस्य निर्वाचन

प्रतिनिधि सभा सदस्य निर्वाचन

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकियो


  • मंगलबार, माघ १३ २०८२
  • 546
    SHARES

    काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारवशी एवम् विश्वसनीय रूपमा सम्पन्न गर्न भन्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न देशका ७७ वटै जिल्लामा अनुगमन अधिकृत तोकेको जनाएको छ । गत माघ ४ को राति १२ बजेबाट लागू भएको निर्वाचन आचासंहिता अनुगमन गर्न सबै जिल्लामा आयोगले अनुगमन अधिकृत तोकेको हो ।

    जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सतहत्तर वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरुलाई आर्थिक वाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक(फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जानकारी दिएको छ ।

    प्रकाशित : मंगलबार, १३ माघ २०८२ , ०८:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend