logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सर्लाहीको गोडैता नगरपालिकाका चार वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरे

सर्लाहीको गोडैता नगरपालिकाका चार वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरे


  • बुधबार, माघ १४ २०८२
  • 546
    SHARES

    सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाका चार वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरेका छन् ।

    उनीहरुले सभापति थापालाई सर्लाही ४ मा जिताउने प्रतिबद्धता व्यक्त गर्दै काँग्रेसमा प्रवेश गरेको बताएका छन ।

    गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २ का अध्यक्ष नेकपाबाट, वडा नम्बर ५ का अध्यक्ष जसपा नेपाल तथा वडा नम्बर ११ का अध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै कार्यक्रममा गत प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही ४ को २ मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाह पनि कांग्रेस प्रवेश गरेका छन् ।

    सर्लाही-४ मा सभापति थापाको प्रतिष्पर्धा रास्वपाबाट उम्मेदवार बनेका डा. अमरेश कुमार सिंहसँग हुदैछ । उनी यसै क्षेत्रका निवर्तमान सांसद हुन् ।

    प्रकाशित : बुधबार, १४ माघ २०८२ , १२:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend