logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बाँकेमा निर्वाचन आचारसंहिता पालन गर्न दल र उम्मेदवारको प्रतिबद्धता

बाँकेमा निर्वाचन आचारसंहिता पालन गर्न दल र उम्मेदवारको प्रतिबद्धता


  • शुक्रबार, माघ १६ २०८२
  • 468
    SHARES

    नेपालगन्ज । तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । आयोगले राजनीतिक दल र तिनका उम्मेदवारसँग आचारसंहिता पालनासम्बन्धी छलफल गरेको हो ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ ले आयोजना गरेको उक्त बैठमा सहभागी राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    त्यस अवसरमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले निर्वाचन आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको बताउँदै त्यसको उल्लङ्घन नहुनेमा राजनीतिक दलका साथै प्रत्याशीहरू सचेत रहनुपर्नेमा जोड दिए ।

    प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन आचारसंहिता पालना भएनभएको कडाइका साथ अनुगमन गरिने बताए ।

    बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टीका प्रतिनिधि सहभागी थिए ।

    प्रकाशित : शुक्रबार, १६ माघ २०८२ , ०४:५४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend