logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

बुटवलमा रास्वपामा व्यापक पार्टी प्रवेश, नेतृत्व तहका युवाको आकर्षण बढ्दो

बुटवलमा रास्वपामा व्यापक पार्टी प्रवेश, नेतृत्व तहका युवाको आकर्षण बढ्दो


  • शनिबार, माघ १७ २०८२
  • 676
    SHARES

    लोकसारथि संवाददाता, बुटवल।
    बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ठूलो संख्यामा पार्टी प्रवेश भएको छ। प्रवेश गर्नेहरूमा विभिन्न क्षेत्रबाट नेतृत्व तहमा रहेका युवाहरूको बाहुल्य रहेको रास्वपाले जनाएको छ।

    पश्चिमाञ्चल बस व्यवसायी समितिका सञ्चालक जितेन्द्र खत्रीको नेतृत्वमा रहेको समूह रास्वपामा प्रवेश गरेको निर्वाचन क्षेत्र नम्बर–२ का रास्वपा राजनीतिक संवाद तथा प्रशासन संयन्त्र संयोजक सुदन ज्ञवालीले जानकारी दिनुभयो। उहाँका अनुसार हालको पार्टी प्रवेशले स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।

    रास्वपा प्रवेश गर्ने नवप्रवेशीहरूलाई निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार सुलभ खरेलले स्वागत गर्नुभएको थियो। स्वागत कार्यक्रममा खरेलले रास्वपा आम नागरिकको आशा, अपेक्षा र परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्ने पार्टी भएको उल्लेख गर्नुभयो।

    स्थानीयस्तरमा पछिल्लो समय रास्वपा ‘ग्राउन्ड लेभल’ का जनताको रोजाइ बन्दै गएको देखिन्छ। पुराना राजनीतिक अभ्यास, अपारदर्शिता र अवसरवादबाट दिक्क भएका नागरिकहरू सुशासन, जवाफदेहिता र राष्ट्रहितलाई प्राथमिकतामा राख्ने राजनीतिक शक्तिको खोजीमा रास्वपातर्फ आकर्षित भइरहेको विश्लेषण गरिन्छ।

    विशेषगरी युवाहरू, व्यवसायी र राष्ट्रप्रेमी नागरिकहरूले रास्वपालाई वैकल्पिक होइन, आवश्यक राजनीतिक शक्ति ठान्न थालेको नेताहरूको भनाइ छ। पार्टी प्रवेश गर्ने नेताहरूले देशको विकास, भ्रष्टाचारविरुद्धको दृढता र आम नागरिकको जीवनस्तर सुधारका लागि रास्वपाको एजेन्डा स्पष्ट र विश्वसनीय रहेको विश्वास व्यक्त गरेका छन्।

    यस किसिमको पार्टी प्रवेशले बुटवलसहित लुम्बिनी प्रदेशको राजनीतिमा रास्वपाको उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    प्रकाशित : शनिबार, १७ माघ २०८२ , ०२:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend