logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

उमेर नपुगेका कारण समानुपातिक बन्दसूचीबाट चार उम्मेदवार हटाइए

उमेर नपुगेका कारण समानुपातिक बन्दसूचीबाट चार उम्मेदवार हटाइए


  • सोमबार, माघ १९ २०८२
  • 481
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    उमेर नपुगेको पाइएपछि समानुपातिक तर्फको बन्दसूचीबाट चार जना उम्मेदवारको नाम हटाइएको छ । निर्वाचन आयोगका अनुसार संविधानले तोकेको न्यूनतम उमेर पूरा नभएकाले ती उम्मेदवारहरूलाई बन्दसूचीबाट हटाइएको हो ।

    हटाइने उम्मेदवारमा प्रजातान्त्रिक पार्टी नेपालकी पुजा कुमारी चौधरी, उन्नत लोकतन्त्र पार्टीकी प्रियंका शर्मा, नेपाली जनता दलकी अस्मिता जिम्बा तथा एकल चुनाव चिह्न ‘मोबाइल’ बाट उम्मेदवार रहेकी मुना प्रधान रहेका छन् ।

    निर्वाचन आयोगका अनुसार पुजा कुमारी चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–६ की हुन् । प्रियंका शर्मा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ की हुन् भने अस्मिता जिम्बा नुवाकोटको पंचकन्या गाउँपालिका–१ की हुन् । त्यसैगरी मुना प्रधान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ की हुन् ।

    आम जनता पार्टी (आजपा) र जनादेश पार्टीले एकल चुनाव चिह्न ‘मोबाइल’मार्फत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भाग लिँदै आएका छन् ।

    संविधानको धारा ८७ अनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन कम्तीमा २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ । साथै उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, कुनै संघीय कानुनले अयोग्य नठहरिएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने प्रावधान पनि संविधानमा उल्लेख छ ।

    यही संवैधानिक व्यवस्था अनुसार उमेर नपुगेका कारण ती चार जनाको नाम समानुपातिक प्रणालीअन्तर्गतको बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रकाशित : सोमबार, १९ माघ २०८२ , ०८:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend