logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

निर्वाचन आयोगद्वारा दलहरूलाई फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन

निर्वाचन आयोगद्वारा दलहरूलाई फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन


  • मंगलबार, माघ २७ २०८२
  • 546
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    निर्वाचन आयोगले आगामी निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूलाई चुनावी घोषणापत्र सार्वजनिक गर्न र निर्वाचन आयोगमा पेस गर्न निर्देशन दिएको छ ।

    आयोगको सोमबार बसेको बैठकले घोषणापत्र पेस गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचनमा भाग लिने दलहरूले २१ फागुनमा निर्वाचन आयोगमा चुनावी घोषणापत्र पेस गर्नुपर्ने छ ।

    आयोगले यसका लागि आगामी फागुन ३ गतेसम्मको समयसीमा तोकेको छ ।

    निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।”

    आयोगले निर्वाचन आचारसंहिता अनुसार समयमै घोषणापत्र सार्वजनिक तथा पेस गर्न सबै दल र उम्मेदवारलाई आग्रह गरेको छ ।

    प्रकाशित : मंगलबार, २७ माघ २०८२ , ०७:१५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend