logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा मतगणना केहीबेरमै सुरु हुने

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा मतगणना केहीबेरमै सुरु हुने


  • बिहिबार, फाल्गुन २१ २०८२
  • 650
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएसँगै काठमाडौं जिल्लाका सबै १० वटा निर्वाचन क्षेत्रमा केहीबेरमै मतगणना प्रक्रिया सुरु हुने भएको छ।

    काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामण खड्काका अनुसार आगामी करिब दुई घण्टाभित्र सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरिनेछ। त्यसपछि मतगणना प्रक्रिया सुरु गरिने तयारी गरिएको उनले बताए।

    प्रारम्भिक अनुमानअनुसार काठमाडौं जिल्लामा मतदाता सहभागिता करिब ६० देखि ६५ प्रतिशतको हाराहारीमा रहेको बताइएको छ।

    बिहान ७:०० बजे सुरु भएको मतदान साँझ ५:०० बजेसम्म सञ्चालन भएको थियो। सबै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र समग्र मतदाता सहभागिता करिब ६० देखि ६५ प्रतिशतको आसपास रहेको मुख्य निर्वाचन अधिकृत खड्काले जानकारी दिए।

    यद्यपि कूल कति मत खसे भन्ने यकिन तथ्यांक प्राप्त गर्न अझ केही समय लाग्ने उनले बताए।

    (रासस)

    प्रकाशित : बिहिबार, २१ फाल्गुन २०८२ , ०७:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend