लोकसारथि संवाददाता, काठमाडौं ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ बाट विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै विजयी भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार सुमन सायमी ले ३ हजार २१७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेस की उम्मेदवार सपना राजभण्डारी ले २ हजार ८३५ मत पाएकी छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार राजेश शाक्य ले १ हजार ९०९ मत प्राप्त गरेका छन्।
यस परिणामसँगै काठमाडौं–८ मा रास्वपाले फराकिलो मतान्तरसहित विजय हासिल गरेको छ। राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले उल्लेख्य प्रदर्शन गरिरहेको प्रारम्भिक मतपरिणामले देखाएको छ।
काठमाडौंमा देखिएको यस परिणामलाई राजनीतिक विश्लेषकहरूले शहरी मतदाताबीच नयाँ राजनीतिक शक्तिप्रति बढ्दो आकर्षणको संकेतका रूपमा व्याख्या गरेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
