logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट राजुनाथ पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट राजुनाथ पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित


  • शुक्रबार, फाल्गुन २२ २०८२
  • 494
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट राजुनाथ पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार पाण्डेले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन्। उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ पाण्डेसँग कडा प्रतिस्पर्धामा उत्रेको थिए । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा जारी मतगणनाको क्रममा रास्वपाका उम्मेदवारहरूले उल्लेखनीय प्रदर्शन गरिरहेका छन्।

    राजुनाथ पाण्डेको विजयसँगै हालसम्म प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका चार जना उम्मेदवार विजयी भएका छन्। यसअघि काठमाडौं–१ बाट रञ्जु दर्शना, काठमाडौं–६ बाट शिशिर खनाल र काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ निर्वाचित भइसकेका छन्।

    राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा रास्वपाको बढ्दो प्रभाव देखिन थालेपछि यसलाई शहरी मतदाताबीच नयाँ राजनीतिक शक्तिप्रति बढ्दो आकर्षणको संकेतका रूपमा राजनीतिक विश्लेषकहरूले व्याख्या गरेका छन्। देशका अन्य निर्वाचन क्षेत्रमा पनि मतगणना जारी रहेकाले आगामी केही घण्टामा थप परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    प्रकाशित : शुक्रबार, २२ फाल्गुन २०८२ , ०९:४१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend