लोकसारथि संवाददाता, काठमाडौं ।
जेनजी मुभमेन्ट नेपाल ले कृष्णकुमार कार्की लाई सिंहदरबार तथा संसद् भवन परिसरमा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस विज्ञप्तिमा भदौ २४, २०८२ मा भएको घटनासँग सम्बन्धित विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको दाबी गरिएको छ। विज्ञप्तिमा उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको र त्यसबाट संलग्नताको संकेत देखिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा “राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो” भनिएको छ।
मुभमेन्टले सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपसमेत सार्वजनिक भएको उल्लेख गर्दै त्यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ। साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको विषयले उनको जिम्मेवारी र आचरणमाथि थप प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी विज्ञप्तिमा सुधन गुरुङ प्रकरणको चर्चा गर्दै “सुधन गुरुङलाई अहिलेसम्म पक्राउ नगरी, छानबिन नगरी सरकार के हेरेर बसेको छ?” भन्ने प्रश्न उठाइएको छ। प्रहरी, सरकारी वकिल कार्यालय, राजस्व अनुसन्धान विभाग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकाय हुँदाहुँदै किन छुट्टै समिति आवश्यक परेको हो भन्ने प्रश्नसमेत मुभमेन्टले गरेको छ।
जेनजी मुभमेन्ट नेपालले गृह मन्त्रालय र नेपाल प्रहरी लाई सांसद कार्कीलाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको अभियोगमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै राजनीतिक संरक्षण र दोषी उन्मुक्तिको संस्कृतिको अन्त्य गर्दै कानुनी राज्यको प्रत्याभूति गरिनुपर्ने तथा नाइजेरियन युवतीसँग सम्बन्धित आरोपको निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ।
मुभमेन्टले शान्तिपूर्ण तर प्रमाणमा आधारित छानबिन, निष्पक्ष अनुसन्धान तथा दोषीमाथि अविलम्ब कानुनी कारबाही हुनुपर्नेमा जोड दिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
