Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघात आए पछि अस्पताल भर्ना

गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघात आए पछि अस्पताल भर्ना


  • शनिबार, कार्तिक ४ २०८०
  • 1K
    SHARES

    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यअवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन् ।

    उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । हृदयाघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ (Stent)  राखिएको छ । मुटुका धमनी कोरोनरी आर्टरी साँगुरिए पछि त्यसलाई फराकिलो बनाउनका लागि स्टेन्टको प्रयोग हुन्छ । यो एक सानो जालीवाला तारको ट्युब हो जसले साँगुरो कोरोनरी आर्टरीलाई फराकिलो बनाउँछ । श्रेष्ठलाई १८ अक्टोबरमा माइल्ड हर्ट अटेक आएको थियो ।

    यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

    चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सिउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी पूर्णस्वास्थ्य लाभको कामना गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए । चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ ।

    तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बिएफआर)मा सहभागी हुन बेइजिङ पुगेका वेला उपप्रधानमन्त्री श्रेष्ठ बिरामी भएका हुन् ।

    प्रकाशित : शनिबार, ४ कार्तिक २०८० , ०२:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend