logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि


  • सोमबार, पुष २२ २०८१
  • 637
    SHARES

    लोकसारथि, २२ पुस, सोमबार । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सोमबार पनि बस्दैछ।

    एमाले केन्द्रीय कमिटीको आठौं बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू हुने महासचिव शंकर पोखरेलले जानकारी दिए।

    उनकाअनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्नेछन्।

    आइतबार अध्यक्षको प्रतिवेदनमाथि २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। 

    आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदन तथा पार्टी निर्णय र सरकारको कामकारबाहीबारे बोलेका थिए।

    हिजो बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी झाँगिएकोबारे चिन्ता व्यक्त गरेका थिए। त्यस्तै पहिले पार्टी निर्णय अनुमोदन गराउने र त्यसपछि छलफल गराउनु विधिसम्मत नभएको भन्दै केही सदस्यले आपत्तिक जनाएका थिए।

    केन्द्रीय कमिटीको बैठक आजै सक्ने तयारी भए पनि प्रत्येक सदस्यलाई तीन–तीन मिनेट बोल्न दिइएकाले लम्बिनी सम्भावना रहेको पनि एमालेका नेताहरूले बताएका छन्।

    प्रकाशित : सोमबार, २२ पुष २०८१ , ०१:०७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend