लोकसारथि, ८ माघ । नेकपा एमालेका एक हजार ८१ जना कार्यकर्ता डा. भीम रावलले थालेको ‘मातृभूमि जागरण अभियान’ मा सामेल भएका छन्। मंगलबार, अछाममा आयोजित पत्रकार सम्मेलनमा उक्त समूहले सामूहिक विज्ञप्ति जारी गर्दै रावलको अभियानमा सामेल भएको जानकारी दिएका छन्।
सामूहिक विज्ञप्तिमा एक हजार ८६ जनामध्ये ८१ जना नेकपा एमालेका कार्यकर्ता रहेको र रावलको अभियानमा जोडिनुको कारण स्पष्ट गर्दै उनीहरूले अहिलेका गतिविधिहरूमा समर्थन जनाएका छन्। रावलका एक सहयोगीका अनुसार सबै एक हजार ८६ जनाले विज्ञप्ति मार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
एमालेलाई झट्का दिने गरी रावलको अभियानमा सामेल हुनेमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटी सदस्य, अनेम संघ कार्यवाहक जिल्ला अध्यक्ष र जनवर्गीय संगठनका प्रमुख तथा अन्य पदाधिकारीहरू समावेश छन्। यसैगरी, एमालेका विभिन्न तहका पदाधिकारी र कार्यकर्ताहरू, नगर कमिटी सदस्यहरू, वडा कमिटी अध्यक्षहरू र संगठित सदस्यहरूसम्म रावलको अभियानमा सहभागी भएका छन्।
एमालेलाई ठूलो धक्का दिँदै रावलका केही प्रमुख सहयोगीहरूले रावलको अभियानलाई समर्थन गर्दै यो कदमलाई ‘सकारात्मक परिवर्तन’को संकेत बताएको बताएका छन्।
रावलले हालै कोशी प्रदेशको यात्रा गरेपछि अहिले आफ्नो गृहप्रदेश सुदूरपश्चिममा प्रचार प्रसार अभियानलाई तीव्र बनाउँदै छन्। उनले अछामको साँफेबगर हुँदै आफ्नो यात्रा अगाडि बढाएका छन्। रावलको अभियान सुदूरपश्चिम प्रदेशमा ठूलो ध्यान आकर्षित गर्दै गर्दा, एमालेलाई यसले गम्भीर चुनौती थप्ने आशंका गरिएको छ।
एमालेको सुदूरपश्चिम प्रदेश संगठनमा रहेका प्रमुख व्यक्तिहरू र कार्यकर्ताहरू रावलको अभियानमा सामेल हुने क्रम बढ्नु भनेको आगामी राजनीतिक परिप्रेक्ष्यमा ठूलो घटनाक्रमको पूर्वसूचना हो। रावलले आगामी दिनहरूमा कुनै नयाँ पार्टी घोषणा गर्ने योजना बनाइरहेको चर्चा पनि चलेको छ, जसले एमालेका लागि थप चुनौती उत्पन्न गर्न सक्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
