लोकसारथि, माघ १७ । महाकुम्भमा रुद्राक्ष माला बेच्दै गर्दा आफ्ना छेडिएका आँखा र मिठो मुस्कानका कारण भाइरल बनेकी मोनालिसा अहिले मध्यप्रदेशको महेश्वरस्थित आफ्नो घर फर्किएकी छिन्। महाकुम्भमा १५ दिनसम्म बसेर उनले रुद्राक्ष माला बेचेकी थिइन्, तर अत्यधिक ध्यानका कारण काम गर्न कठिन भएपछि उनी घर फर्किन बाध्य भइन्।
मोनालिसाको यो भाइरल घटनापछि, निर्देशक सनोज मिश्राले उनलाई आफ्नो आगामी फिल्म ुद डायरी अफ मणिपुरु मा मुख्य भूमिकाका लागि चयन गरेका छन्। फिल्मको छायाङ्कन अघि उनलाई मुम्बईमा अभिनयको तालिम दिइनेछ। फिल्मको छायाङ्कन फेब्रुअरीदेखि सुरु हुने र मोनालिसाले एक आर्मी म्यानकी छोरीको भूमिका निर्वाह गर्नेछिन्। फिल्मको छायाङ्कन उत्तरपूर्वी भारत, दिल्ली र लन्डनमा हुनेछ।
मोनालिसा ५० जनाको समूहसँग महाकुम्भमा आएकी थिइन् र परिवारका सदस्यहरूसँग मिलेर रुद्राक्ष, स्फटिक, र नगीनाहरूको माला बेच्ने गर्थिन्। उनको सुन्दरता र आकर्षक व्यक्तित्वका कारण मेलामा आउने मानिसहरूको ध्यान तानियो, जसले गर्दा उनले माला बेच्न कठिनाइ महसुस गरिन्।
निर्देशक सनोज मिश्राले यसअघि ुकाशी टु कश्मीरु र ुद डायरी अफ वेस्ट बेङ्गालु जस्ता चलचित्रहरू निर्देशन गरेका छन्, जसले समाजका ज्वलन्त मुद्दाहरूलाई उठान गरेका थिए। ुद डायरी अफ मणिपुरु मा बलिउड स्टार राजकुमार रावका दाजु अमित राव पनि अभिनय गर्दैछन्।
मोनालिसाको यो यात्रा सामान्य जीवनबाट फिल्मी दुनियाँसम्मको प्रेरणादायी कथा हो, जसले सामाजिक सञ्जालको शक्तिलाई पनि दर्शाउँछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
