logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गायक उदितनारायण झा चुम्बन भिडियोका कारण विवादमा

गायक उदितनारायण झा चुम्बन भिडियोका कारण विवादमा


  • मंगलबार, माघ २२ २०८१
  • 702
    SHARES

    लोकसारथि, माघ २२, २०८१ । प्रसिद्ध गायक उदितनारायण झा हालसालै एक चुम्बन भिडियोका कारण विवादमा परेका छन्। एक कन्सर्टमा प्रत्यक्ष गीत गाउने क्रममा एक महिला प्रशंसकले स्टेजमा आएर उनलाई ओठमै चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी आलोचनाको सामना गरिरहेका छन्।

    भिडियोमा उदितनारायणले आफ्नो चर्चित गीत ‘टिप टिप बर्षा पानी’ गाइरहेको देखिन्छ। त्यही क्रममा उनीसँग सेल्फी लिन स्टेजमा पुगेकी महिला प्रशंसकले सुरुमा उनको गालामा चुम्बन गरिन् र त्यसपछि ओठमै चुम्बन गरिन्। भिडियो भाइरल भएपछि विभिन्न प्रतिक्रिया आएका छन्।

    बलिउड हंगामालाई दिएको अन्तर्वार्तामा उदितनारायणले आफूलाई यो घटनाले कुनै लज्जा नलागेको बताएका छन्। उनले भने, “के मैले कहिल्यै आफूलाई, मेरो परिवारलाई वा मेरो देशलाई लज्जित पार्ने केही गरेको छु र? मैले जीवनका विभिन्न चरण पार गरेर यो अवस्थामा आइपुग्दा किन यसरी बदनामको प्रयास भइरहेको छ भन्ने मैले बुझ्न सकेको छैन।”

    उनले आफ्नो परिवारले समेत यो दृश्यलाई सकारात्मक रूपमा लिएको बताए। “प्रशंसकहरूले मलाई कति माया गर्छन् भन्ने कुरा यो घटनाले देखाउँछ, त्यसैले यसलाई सकारात्मक रूपमा हेर्न अनुरोध गर्छु,” उदितनारायणले भने।

    आफूमाथि आलोचना भइरहेको सन्दर्भमा उनले भने, “मैले कुनै गल्ती गरेको छैन भने म किन लज्जित हुनु? यो कुनै गोप्य कुरा होइन र मेरो मनले यसलाई नकारात्मक रूपमा मानेको छैन।”

    उनले प्रशंसकको मायालाई अश्लील देख्नेहरूप्रति आफूलाई दया लाग्ने समेत बताएका छन्। साथै, उनले यो कन्सर्ट धेरै दिनअघि भएको र पुरानो भिडियो अहिले भाइरल बनाउनु उचित नभएको धारणा राखेका छन्।

    प्रकाशित : मंगलबार, २२ माघ २०८१ , ०८:०५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend