logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

तुलसी घिमिरेको निर्देशनमा ‘पहाड’ बन्दै, छायांकन सुरु

तुलसी घिमिरेको निर्देशनमा ‘पहाड’ बन्दै, छायांकन सुरु


  • बुधबार, माघ २३ २०८१
  • 507
    SHARES

    काठमाडौँ- निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ बनाउने भएका छन्। गोरखा दरबारमा पूजा गर्दै बुधबारदेखि फिल्मको छायांकन सुरु भएको छ। अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवकलाकार पञ्चमी घिमिरेको दृश्य खिच्दै छायांकन सुरू गरिएको हो।

    प्रमोद प्रधानले  फिल्मकाे छायांकन गरिरहेका छन्। गोरखामा २५ दिन छायांकन गर्ने तालिका रहेकाे निर्माण टिमले जनाएकाे छ।

    फिल्ममा युवा विदेश पलायनले खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई मुख्य विषयवस्तु रहेको निर्देशक घिमिरेले बताए। ‘अहिलेको समाजको तीतो यथार्थमा कथा तयार भएको छ। मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको फिल्ममा नयाँ र पुराना पुस्तासँग काम गर्न पाउँदा उत्साहित छु। पुनः फिल्म निर्देशनमा सक्रिय हुँदा छुटै ऊर्जा प्राप्त भएको छ’ उनले भने।

    निर्देशक घिमिरेले छोरी पञ्चमीलाई पनि आफ्नै फिल्मबाट डेब्यु गराएका छन्। फिल्म क्षेत्रमा छोरीको आगमनले खुसी लागेको निर्देशक घिमिरेले बताए। ‘आफ्नाे पेसामा सन्तान आउँदाको खुसी व्यक्त गर्न सकिँदैन। अन्य पेसा झैँ हामी फिल्मकर्मी पनि आफ्नो सपनालाई सन्तानले अगाडि बढाएको हेर्न चाहन्छौँ’, निर्देशक घिमिरेले भने।

    फिल्ममा विपीन कार्की, सुनिल थापा, लगायतका कलाकारको अभिनय रहनेछ।फिल्मका निर्माता ओजस्वी केसी हुन्।

    प्रकाशित : बुधबार, २३ माघ २०८१ , ०५:२८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend