लोकसारथि, माघ २५ । नेपाली सांगीतिक दुनियाँमा गहिरो छाप छोड्न सफल गीत ‘जनम जनम जिउला संगै’ अहिले पनि उत्तिकै लोकप्रिय छ। नेपाली फिल्म ‘बर पिपल’ मा समावेश यो गीत प्रेम र समर्पणको भाव बोकेको उत्कृष्ट गीत हो।
फिल्म ‘बर पिपल’ का निर्देशक लक्ष्मीनाथ शर्मा र निर्माता मञ्जुकुमार श्रेष्ठ हुन्। यस गीतमा चर्चित संगीतकार शम्भुजित बास्कोटाले संगीत भरेका छन्। स्टेज प्रोग्राममा गाइएको यो गीतमा स्वर आनन्द कार्की र मिलन नेवारको रहेको छ, जबकि यसको मूल गायिका (फिल्ममा) सुनिता सुब्बा हुन्।
यो गीत आनन्द कार्की अफिसियल युट्युब च्यानलमा सन् २०२० को डिसेम्बर ७ मा अपलोड गरिएको थियो। गायक आनन्द कार्की र गायिका मिलन नेवारले दक्षिण कोरियामा आयोजित स्टेज कार्यक्रममा यो गीत गाएका थिए। हालसम्म यो गीतलाई ६ करोड १० लाख ३७ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्।
गीतमा प्रेम, समर्पण र जीवनभर संगै रहने वाचा गरिएको छ। वर र पिपलको बिम्बमार्फत प्रेमको अमरत्व दर्शाइएको छ। गीतका शब्दहरुले नेपाली समाजमा विवाहपछिको सम्बन्धको पवित्रता र स्थायित्वलाई झल्काउँछ।
फिल्म ‘बर पिपल’ मा अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री पूजा चन्दको मुख्य भूमिका रहेको छ।
आनन्द कार्कीको विशेषता
आनन्द कार्की नेपाली संगीत क्षेत्रमा एउटा स्थापित नाम हो। उनको आवाजको मिठास, भावनात्मक गहिराइ र गायकीले श्रोतालाई भावुक बनाउने गर्छ। नेपाली आधुनिक गीत, फिल्मी गीत र स्टेज कार्यक्रममा उनको प्रस्तुति सदैव मन छुने खालको हुन्छ। लामो समयदेखि नेपाली संगीत क्षेत्रमा योगदान दिँदै आएका कार्कीका गीतहरूले सधैं दर्शक-श्रोताको मन जित्दै आएका छन्।
नेपाली संगीतप्रेमीमाझ अत्यन्तै लोकप्रिय यो गीत अझै पनि लाखौंको प्लेलिस्टमा सुन्न सकिन्छ। यस गीतको अमर प्रेमभाव र संगीतले नेपाली सांगीतिक क्षेत्रमा दीर्घकालसम्म स्थान बनाइरहनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
