logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

१३ वर्षको मौनता टुट्दै, ३२ वर्षपछि फेरि एकै पर्दामा देखिने शाहरुख खान र सनी देओल!

१३ वर्षको मौनता टुट्दै, ३२ वर्षपछि फेरि एकै पर्दामा देखिने शाहरुख खान र सनी देओल!


  • मंगलबार, चैत्र २६ २०८१
  • 884
    SHARES

    लोकसारथि, २६ चैत । बलिउडमा चर्चित अभिनेता सनी देओल र शाहरुख खानबीच लामो समयदेखि चलेको मनमुटाव अब अन्त्य हुने संकेत देखिएको छ। १३ वर्षदेखि एकअर्कासँग नबोलेका यी दुई कलाकार अब फेरि एकै साथ फिल्ममा देखिन सक्ने चर्चा सुरु भएको छ।

    सनी देओल अहिले आफ्नो आउँदै गरेको फिल्म ‘जाट’ को प्रचारमा व्यस्त छन्। फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ र दर्शकहरूले यसलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्म १० अप्रिलमा सिनेमाघरमा प्रदर्शन हुँदैछ।

    यसैबीच, पिंकविलामा प्रकाशित एक रिपोर्टका अनुसार, सनी देओलले हालै दिएको अन्तर्वार्तामा शाहरुख खानसँग फेरि एकपटक काम गर्न चाहेको बताएका छन्। जब उनलाई सोधियो कि दुई अभिनेताहरूको प्रोजेक्टमा उनी कससँग काम गर्न चाहन्छन्, तब उनले शाहरुख खानको नाम लिए। सनीले भने, “मलाई लाग्छ, हामीले पहिले एकपटक सँगै काम गर्‍यौँ, फेरि पनि गर्न सक्छौँ। त्यो एउटा फरक समय थियो, अहिलेको समय फरक छ, त्यसैले अब राम्रो हुनेछ भन्ने आशा छ।”

    स्मरण रहोस्, सन् १९९३ मा रिलिज भएको फिल्म ‘डर’ मा शाहरुख र सनी एकसाथ देखिएका थिए। तर सो फिल्मको क्लाइमैक्स सीनलाई लिएर उनीहरूबीच मतभेद भएको र त्यसपछि १३ वर्षसम्म एकअर्कासँग संवादसमेत नभएको जनाइएको छ।

    बलिउडमा पर्दामा नायक देखिने कलाकारहरूको वास्तविक जीवन भने पर्दामा देखाइएको भूमिकाभन्दा निकै फरक हुन सक्छ। काम, क्रोध, लोभ, मोह, र अहंकारजस्ता विशेषताहरूले गर्दा उनीहरू पारिवारिक दूरीदेखि लिएर व्यावसायिक टकरावसम्म पुग्ने गरेका छन्। कहिले सानो कुरा ठान्दै साइन गरिसकेको फिल्म छोडिदिने, कहिले प्रस्तावित फिल्मै अस्वीकार गर्ने, कहिले एकअर्कासँग बोलीचाली नै बन्द गर्ने घटनाहरू आम दर्शकको नजरबाट टाढा रहँदै आएका छन्।

    तर अब परिस्थिति बद्लिँदै गएको देखिन्छ। शाहरुख र सनीबीचको पुरानो मनमुटाव सुल्झँदै गएको सन्देश यस पछिल्लो बयानबाट पाइएको छ। यदि यी दुई फेरि एकसाथ पर्दामा देखिए, यो बलिउडका दर्शकहरूका लागि ऐतिहासिक क्षण बन्नेछ।

    प्रकाशित : मंगलबार, २६ चैत्र २०८१ , ०८:५८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend