logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

‘केसरी २’ को लागि अक्षय कुमारले लिए बजेटको आधा? फिल्म रिलिजसँगै चर्चामा अभिनेता

‘केसरी २’ को लागि अक्षय कुमारले लिए बजेटको आधा? फिल्म रिलिजसँगै चर्चामा अभिनेता


  • शुक्रबार, बैशाख ५ २०८२
  • 1.4K
    SHARES

    मुंबई — बलिउडका सुपरस्टार अक्षय कुमार अभिनीत नयाँ फिल्म ‘केसरी २’ सिनेमाघरमा रिलिज भइसकेको छ र दर्शकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ। सन् २०२५ को यो अक्षय कुमारको दोस्रो फिल्म हो। यसअघि रिलिज भएको ‘स्काई फोर्स’ फिल्मले औसत कारोबार गरेको थियो भने केसरी २ लाई भने हिट हुने सम्भावना बताइएको छ।

    बजेटको आधा फीस?

    करीब १०० करोड रुपैयाँको बजेटमा तयार भएको फिल्म ‘केसरी २’ मा अक्षय कुमारले ५० देखि ६० करोड रुपैयाँसम्मको पारिश्रमिक लिएको अनुमान गरिएको छ। यसले फिल्मको आधा बजेट बराबर पारिश्रमिक अक्षयले लिएको संकेत गर्छ।

    फोर्ब्सको रिपोर्टअनुसार, अक्षय कुमार भारतका सबैभन्दा महँगो पारिश्रमिक लिने कलाकारमध्ये एक हुन्। उनी एक फिल्मका लागि ६० देखि १४० करोड रुपैयाँसम्म लिने गर्छन्। ‘सियासत’को रिपोर्ट अनुसार, केसरी २ को लागि उनले यही दायराभित्र पारिश्रमिक लिएको उल्लेख गरिएको छ।

    अब स्टेक्सको आधारमा कमाइ!

    अक्षय कुमारले यसअघि हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा भनेका थिए कि उनी अहिले फिल्मको लागि सिधा पारिश्रमिक नलिने तरिका अपनाइरहेका छन्। उनले भनेका छन्— “अब म फिल्मको स्टेक लिन्छु। यदि फिल्मले मुनाफा कमायो भने मलाई पनि त्यसमा हिस्सा मिल्छ, घाटा भयो भने केही पनि मिल्दैन।

    निर्देशन, कलाकार र निर्माण पक्ष

    करण सिंह त्यागीद्वारा निर्देशित ‘केसरी च्याप्टर २’ मा अक्षय कुमारले सी. शंकरन नायरको भूमिका निर्वाह गरेका छन्। फिल्ममा उनीसँगै अनन्या पाण्डेआर. माधवन पनि मुख्य भूमिकामा छन्। फिल्मलाई करण जोहरको धर्मा प्रोडक्सनले निर्माण गरेको हो।

    प्रकाशित : शुक्रबार, ५ बैशाख २०८२ , ०२:४९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend