– लोकसारथि संवाददाता, काठमाडौं ।
बलिउड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित फिल्म डन ३ पुनः एकपटक चर्चामा आएको छ। रॉकी और रानी की प्रेम कहानी जस्तो सफल फिल्मपछि रणवीर केही समयदेखि पर्दाबाट टाढा रहेका छन्। तर उनको आगामी प्रोजेक्ट डन ३ लगातार चर्चाको केन्द्रमा रहँदै आएको छ, विशेषतः यसको स्टारकास्टका कारण।
हालै मात्र अभिनेत्री कियारा आडवाणी डन ३ बाट बाहिरिएको खबर आएको थियो। उनको स्थानमा मुंज्या फेम अभिनेत्री शरवरी वाघलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको छ। अब भने फिल्ममा अर्को चर्चित अभिनेत्रीको पनि प्रवेश भएको खबर बाहिरिएको छ।
भारतीय मिडिया रिपोर्टहरू अनुसार, फरहान अख्तरको निर्देशनमा बन्ने यो फिल्ममा रणवीर सिंहसँग सँगै अब अर्को ठूली नायिका पनि देखिनेछिन्। यद्यपि आधिकारिक घोषणा भने भइनसकेको भए पनि बी-टाउनमा यसबारे व्यापक चर्चा सुरु भइसकेको छ।
डन फ्रेन्चाइजको यो तेस्रो किस्तका लागि विगत वर्ष निर्माता फरहान अख्तरले औपचारिक घोषणा गरेका थिए। शाहरुख खानको स्थानमा रणवीर सिंहको आगमनलाई लिएर व्यापक बहस भएको थियो। अहिले भने कियारा आडवाणीको ठाउँमा शरवरी वाघ र अर्को चर्चित नायिकाको सम्भावित आगमनले फिल्मप्रतिको कौतूहल अझै बढाएको छ।
अब दर्शकहरूका लागि उत्सुकता यो छ कि, रणवीर सिंहको साथमा देखा पर्ने नयाँ अभिनेत्री को हुन्? के उनी वास्तवमै फिल्मको ‘लकी चार्म’ बन्नेछिन्? यसको जवाफ भने आगामी दिनमा आउने आधिकारिक घोषणासँगै स्पष्ट हुनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
