– लोकसारथि संवाददाता।
शुक्रबारदेखि देशभरका हलहरूमा एक नेपाली र तीन विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘झिल्को’सँगै हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘थन्डरबोल्ट्स’, बलिउड क्राइम ड्रामा ‘रेड २’ र दक्षिण भारतीय थ्रिलर ‘हिट : द थर्ड केस’ नेपाली दर्शकमाझ आएका हुन्।
डिजिटल कुलतविरुद्धको कथा ‘झिल्को’
निर्देशक यादवकुमार भट्टराईको फिल्म ‘झिल्को’ ले पछिल्लो समय बालबालिकामाझ बढ्दो डिजिटल कुलत र त्यसको मनोसामाजिक प्रभावलाई विषयवस्तु बनाएको छ। ९० मिनेटको फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ। देशभर ११६ शोमार्फत फिल्म रिलिज गरिएको जनाइएको छ।
मार्वलको ‘थन्डरबोल्ट्स’ले पायो उच्च समीक्षात्मक रेटिङ
हलिउड सुपरहिरो ब्रान्ड मार्वलको नयाँ प्रस्तुति ‘थन्डरबोल्ट्स’ ले ९० प्रतिशत रटन टम्याटोज रेटिङ प्राप्त गर्दै आलोचकको प्रशंसा पाएको छ। निर्देशक जेक श्रेयरको फिल्ममा फ्लोरेन्स पग, सेबास्टियन स्ट्यान, र राहेल वेइजको मुख्य भूमिका रहेको छ। सरकारी मिसनमा सहभागी हुने सुपरभिलेनहरूको समूहमाथि आधारित यो फिल्म १२६ मिनेट लामो छ। एक्सन, एड्भेन्चर र क्राइम विधामा फिल्म राखिएको छ।
‘रेड २’ले भ्रष्टाचारविरुद्धको संघर्ष देखाउने
बलिउड निर्देशक राजकुमार गुप्ताको ‘रेड २’ मा अजय देवगन, रितेश देशमुख र वाणी कपुर प्रमुख भूमिकामा छन्। भ्रष्टाचारको गहिरो जालो फासी गर्न खोज्ने पात्रको मिसनमा आधारित यो फिल्मलाई क्राइम, ड्रामा र थ्रिलर जनरामा राखिएको छ।
दक्षिण भारतीय थ्रिलर ‘हिट : द थर्ड केस’ पनि रिलिज
शैलेश कोलनानु निर्देशित दक्षिण भारतीय फिल्म ‘हिट : द थर्ड केस’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ। नानी र श्रीनिधी सेट्ठीको अभिनय रहेको फिल्म एक्सन, थ्रिलर र क्राइम विधामा आधारित छ। फिल्मको रनटाइम १५७ मिनेट रहेको छ।
दर्शकहरूको प्राथमिकता अनुसार यी फिल्ममध्ये कुनले बक्स अफिसमा अग्रता लिन्छ, हेर्न बाँकी नै छ।
के तपाईं यीमध्ये कुन फिल्म हेर्न इच्छुक हुनुहुन्छ?
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
