logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गोविन्दाकी पत्नीको गुनासो : “उनी किन घरमै बसिरहेका छन्?” – करिअरको पतनमा नजिकका साथी दोषी

गोविन्दाकी पत्नीको गुनासो : “उनी किन घरमै बसिरहेका छन्?” – करिअरको पतनमा नजिकका साथी दोषी


  • मंगलबार, बैशाख ३० २०८२
  • 793
    SHARES

    लोकसारथि संवाददाता, मुम्बई ।

    बलिउडका चर्चित अभिनेता गोविन्दा, जो ९० को दशकमा उत्कृष्ट हास्य अभिनय नृत्य क्षमताका कारण सुपरस्टारको रूपमा चिनिन्थे, अहिले भने फिल्मी दुनियाँबाट लगभग गायब छन्। उनी किन फिल्म क्षेत्रबाट टाढा छन् भन्ने विषयमा उनकी पत्नी सुनीता आहुजाको भावुक प्रतिक्रिया सार्वजनिक भएको छ।

    हालै एक अन्तर्वार्तामा सुनीताले भनिन्, बारम्बार सोध्छु – तपाईँ जस्तो ठूलो कलाकार किन घरमै बसिरहनुभएको छ?” उनले अनिल कपूर, सुनील शेट्टी, जैकी श्रॉफजस्ता समकालीन कलाकारहरू अझै सक्रिय रहँदा गोविन्दा किन ओझेलमा परे भनेर प्रश्न उठाइन्।

    सुनीताका अनुसार गोविन्दाका वरपरका मानिसहरू नै उनको करिअरमा अवरोधको कारण हुन्। उनले तीतो गुनासो गर्दै भनिन्, उनलाई कोही पनि साँचो कुरा बताउँदैन। अब ९० को दशकजस्तो सिनेमा चल्दैन। कसैले भन्नुपर्छ – तिमी वजन घटाऊ, स्मार्ट देखिनुहोस्। किन केही पैसाकै लागि उसको जिन्दगी बर्बाद गरिरहेछौ?”

    गोविन्दाले केही वर्षअघि ‘रावणर ‘किल दिलजस्ता फिल्महरूबाट पुनरागमनको प्रयास गरे पनि दर्शकबाट अपेक्षित प्रतिक्रिया पाएनन्। उनको अन्तिम फिल्म ‘रंगीला राजासन् २०१९ मा आएको थियो, जुन बक्स अफिसमा असफल रह्यो।

    सुनीता आहुजाको भावनात्मक अभिव्यक्तिले संकेत गर्छ कि उनी चाहन्छिन् – गोविन्दा फेरि एकपटक ठूलो पर्दामा फर्कून्। उनले गोविन्दाको विगतको स्टारडमलाई सम्झिँदै भनिन्, उनी आज पनि लाखौँ दर्शकको मनमा बसिरहेका छन्, उनी आफैँलाई फेरि तयार गर्नुपर्छ।”

    गोविन्दाको करिअर उनको पारिवारिक समर्थनबारे सार्वजनिक रूपमा आएको यो बयान उनका प्रशंसकहरूका लागि पनि एक भावनात्मक सन्देश बनेको छ।

    प्रकाशित : मंगलबार, ३० बैशाख २०८२ , ०८:२३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend