logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सेलिब्रिटी जीवनभन्दा परको साँचो प्रेम: माधुरी दीक्षित र डा. नेने

सेलिब्रिटी जीवनभन्दा परको साँचो प्रेम: माधुरी दीक्षित र डा. नेने


  • बिहिबार, जेष्ठ १ २०८२
  • 2.4K
    SHARES

    लोकसारथि संवाददाता । बलिउडकी ‘धक-धक गर्ल’ माधुरी दीक्षितले आफ्नो अभिनय, नृत्य सुन्दरता मार्फत करोडौं दर्शकको मन जितेकी छन्। तर, उनको जीवनको सबैभन्दा सुन्दर कथा भनेको उनको प्रेमकथा हो, जसको सुरुवात अत्यन्तै अनौठो शैलीमा भएको थियो।

    माधुरी दीक्षितको जीवनमा डा. श्रीराम नेनेको प्रवेश एक फिल्मी कथाभन्दा कम थिएन। यो विशेष सम्बन्धको सुरुवात एक डिनर पार्टी बाट भएको थियो, जसको सम्पूर्ण योजना उनका दाइ अजित दीक्षित ले बनाएका थिए।

    वर्ष २०१६ मा अनुपम खेरको टक शोमा माधुरी दीक्षितले खुलासा गरेकी थिइन् कि उनका दाइ अजितले धेरै नै जोड दिँदै उनलाई डा. नेनेसँग भेट्न भनेका थिए। अजितले श्रीराम नेनेलाई आफ्नो साथीको रूपमा चिनाएका थिए एउटा डिनर पार्टीको आयोजना गरेका थिए, जसमा डा. नेने उनको परिवार पनि सामेल थिए।

    विशेष कुरा के थियो भने – त्यस समयमा डा. नेनेलाई यो थाहा नै थिएन कि उनी जुन महिलासँग भेट्न गइरहेका छन्, उनी बलिउडकी सर्वाधिक प्रसिद्ध अभिनेत्रीमध्ये एक हुन्।

    डा. नेने पेशाले कार्डियोभास्कुलर सर्जन हुन् अमेरिका मै हुर्किएका हुन्। जब माधुरी डा. नेनेको पहिलो भेट भयो, उनीहरूबीच विशेष प्रकारको सम्बन्ध बनेको महसुस भयो चाँडै एक–अर्कालाई मन पराउन थाले।

    सुरुवातमा माधुरीले उनलाई केवल यत्ति मात्र भनेकी थिइन् कि उनी फिल्म क्षेत्रमा काम गर्छिन्। तर, कुराकानी बिस्तारै अगाडि बढ्दै जाँदा उनीहरूको सम्बन्धमा गहिरो भावनात्मक जुडाव बन्न थाल्यो।

    केही समयसम्म उनीहरूले लङ डिस्टेन्स रिलेसनसिप मा रहेर एक–अर्कालाई राम्रोसँग बुझ्ने प्रयास गरे, अन्ततः विवाह गर्ने निर्णयमा पुगे।

    १७ अक्टोबर १९९९ मा अमेरिकामै एक निजी समारोहमा उनीहरूले विवाह गरे। विवाहपश्चात माधुरी केही समय अमेरिका बसिन् त्यसपछि भारत फर्केर फेरि आफ्नो करियरमा सक्रिय भइन्।

    आज माधुरी डा. नेने दुई छोराहरू – अरिन रायन का आमाबुवा छन्।

    यो प्रेमकथा केवल सादगी सच्चाइले भरिएको मात्र छैन, तर यो प्रमाण पनि हो कि सच्चा माया कुनै पनि दूरी वा स्टारडमको पर्खाल पार गर्न सक्छ।

    प्रकाशित : बिहिबार, १ जेष्ठ २०८२ , ०१:४८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend