– लोकसारथि संवाददाता, काठमाडौं ।
गजल साहित्य र आधुनिक संगीतको सुन्दर समन्वयमा तयार पारिएको मर्मस्पर्शी गजल ‘नछोप ती गुलाबझैँ अधर’ सार्वजनिक भएको छ। गजलकार देवी घिमिरेको कलमबाट जन्मिएको यो सिर्जना आज उहाँकै Devi Ghimire YouTube Official Channel मार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
सङ्गीतकार सन्तोष श्रेष्ठको संगीत र गायक करण परियारको भावपूर्ण गायनले सजिएको यस गजलमा प्रेम, पीडा र सौन्दर्यको भाव गहिराइका साथ व्यक्त गरिएको छ। यस गजलको सङ्गीत संयोजन मनोहर सुनामले गरेका हुन् भने राजबाबु थारूले सङ्गीत संचयकको भूमिका निर्वाह गरेका छन्।

गजलमा प्रयुक्त वाध्य वादनले सिर्जनालाई अझ प्रभावशाली बनाएको छ। तबला, ढोलक र मादलमा भुवन गन्धर्व, बाँसुरीमा गोपालदेव घतानी, गितार र हार्मोनियममा मनोहर सुनाम स्वयंले आफ्ना सीप प्रस्तुत गरेका छन्।
भिडियो पक्षलाई थप आकर्षक बनाउन राजन खरेलले छायाङ्कन तथा सम्पादन सम्हालेका छन् भने सम्पादन कार्य कलिउड हव स्टुडियोमा सम्पन्न गरिएको हो।
यो गजल Acoustic Nepal मा रेकर्ड गरिएको हो, जसले नेपाली संगीतको गुणस्तरीयताको अर्को उदाहरण प्रस्तुत गरेको छ। गजलको निर्माण र सफलतामा बन्धुराज शर्मा र स्वर्ण शिखाको विशेष योगदान र धन्यवाद व्यक्त गरिएको छ।
प्रेमिल भावनालाई संगीत र शब्दमार्फत गहिरो संवेदना सहित प्रस्तुत गरिएको यस गजलले नेपाली संगीत पारखीहरूलाई स्पर्श गर्ने अपेक्षा गरिएको छ।\
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
