logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अभिनेत्री अरुणा ईरानीले पहिलो पटक स्तन क्यान्सर भएको बेला केमोथेरापी किन अस्विकार गरिन् ?

अभिनेत्री अरुणा ईरानीले पहिलो पटक स्तन क्यान्सर भएको बेला केमोथेरापी किन अस्विकार गरिन् ?


  • बुधबार, असार ४ २०८२
  • 962
    SHARES

    नयाँ दिल्ली ।
    जेष्ठ अभिनेत्री अरुणा ईरानीले हालै एक अन्तरवार्तामा आफूले जीवनमा दुई पटक स्तन क्यान्सरसँग लडाइँ गरेको खुलासा गरेकी छन्। लामो समयसम्म यो कुरा गोप्य राख्दै आएकी उनी अब यसबारे खुलस्त बोल्न थालेकी छन्। फ्यानहरू यतिसम्म स्तब्ध भए कि – यति ठूलो रोगसँग जुध्दाजुध्दै पनि उनले कसैलाई थाहा हुन दिएनन्।

    पहिलो पटक कसरी थाहा भयो ?
    अभिनेत्री अरुणा ईरानीले Lehren सँगको अन्तरवार्तामा पहिलो पटक स्तन क्यान्सर भएको विवरण सुनाइन्। उनले भनिन्, “एक दिन म शुटिङ गर्दै थिएँ, मलाई थाहा छैन कसरी महसुस भयो, तर मैले भनेँ – ‘मलाई केही गडबड जस्तो लागिरहेको छ।’” त्यसपछि सन् २०१५ मा उनले चिकित्सकको सल्लाह लिइन्। चिकित्सकले सुरुमै त्यसलाई सामान्य गाँठोको रूपमा लिए पनि उनले तुरुन्तै त्यसलाई निकाल्न आग्रह गरिन्।

    केमोथेरापी अस्विकार गर्नुको कारण
    त्यसपछि चिकित्सकले उनलाई केमोथेरापी गर्न सुझाव दिए। तर अरुणा ईरानीले उक्त सल्लाह मानेनन्। उनले आफ्नो रूपरंग बिग्रिने र अभिनय करियरमा असर पर्ने डरले केमोथेरापी गर्न मानेनन्। उनले भनिन्, “डाक्टरले भने – अब तिमीले एक गोली लिनुपर्छ। त्यसपछि मैले गोली रोजें, किनभने म काम गर्दै थिएँ। केमोथेरापीले कपाल झार्छ भन्ने थाहा थियो – अनि म कसरी शुटिङ गरौं?”

    फेरि क्यान्सर फर्कियो – यसपटक केमोथेरापी गराइन्
    तर मार्च २०२० मा, जब कोभिड–१९ महामारी सुरु हुँदै थियो, उनको क्यान्सर पुनः देखा पर्‍यो। यस पटक उनले डाक्टरको सल्लाह मानेर केमोथेरापी गराइन्। उनले भनिन्, “यो मेरो गल्ती थियो कि पहिले मैले केमोथेरापी गराइनँ। यसपालि भने म मानें।”

    अन्य स्वास्थ्य समस्याहरू पनि भोगिन्
    क्यान्सर मात्र होइन, अरुणा ईरानीले ६० वर्षको उमेरमा मधुमेह (डायबिटीज) पनि पाएकी थिइन्। त्यस्तै, एक पटक चिकित्सकहरूले उनको दुवै मिर्गौला फेल भएको बताएका थिए। तर भाग्यवश उनी ठूला उपचारबिनै निको भइन्।

    छ दशक लामो करियर
    अरुणा ईरानीको अभिनय यात्रा ६ दशकभन्दा लामो छ। उनले सन् १९६१ मा गंगा जमुना र १९६२ मा अनपढ़ जस्ता चलचित्रहरूमा बालकलाकारको रूपमा अभिनय यात्रा सुरु गरेकी हुन्। पछि औलाद (१९६८), हमजोली (१९७०), देवी (१९७०), नया ज़माना (१९७१) जस्ता चर्चित चलचित्रहरूमा उनले अभिनय गरिन्।

    उनले निर्देशन र निर्माणमा पनि हात हालेकी छन्। टेलिभिजनमा मेहन्दी तेरे नाम कीदेश में निकला होगा चाँद जस्ता चर्चित धारावाहिकहरू निर्देशन गरेकी हुन्।

    प्रकाशित : बुधबार, ४ असार २०८२ , १०:३२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend