लोकसारथि संवाददाता, काठमाडौं ।
सन् 1980 मा प्रदर्शनमा आएको बलिउड चलचित्र ‘कुर्बानी’ ले बक्स अफिसमा अनपेक्षित सफलता हासिल गर्यो। २० जुन १९८० मा रिलिज भएको यो चलचित्रले तीन महिनासम्म लगातार सिनेमा हलमा राज गर्यो। फिल्मले त्यति बेला भारतीय दर्शकमाझ ठूलो हलचल मच्चाएको थियो।
जीनत अमानको क्रेज र तिकडीको जादु
फिल्ममा फिरोज खान, विनोद खन्ना र जीनत अमानको त्रिकोणात्मक भूमिकाले दर्शकको मन जित्यो। जीनत अमानले फिल्ममा कैबरे डान्सरको भूमिका निर्वाह गरेकी थिइन्, जसले उनलाई त्यसबेला निकै चर्चित बनायो।
यो फिल्म अमेरिकी फिल्म “द मास्टर टच” बाट प्रेरित मानिन्छ।
संगीत, स्टाइल र कहानीको जादु
फिल्ममा एक्शन, रोमान्स र ड्रामाको तड्का थियो, जुन दर्शकलाई निकै मन पर्यो। कल्याणजी-आनन्दजीद्वारा संगीतबद्ध गरिएको फिल्ममा पाकिस्तानी गायिका नाजिया हसनले गाएको अमर गीत “आप जैसा कोई मेरी जिंदगी में आए” आज पनि उत्तिकै चर्चित छ। त्यस्तै, “लैला ओ लैला” गीत पनि निकै लोकप्रिय भयो।
फिल्मको कथा केके शुक्लाले लेखेका थिए भने संवाद कादर खानले लेखेका थिए। अमजद खानले फिल्ममा हास्य भूमिका निर्वाह गरेका थिए।
घर गिरवी राखेर फिल्म बनाएका फिरोज खान
फिल्मको बजेट करिब ढाई करोड थियो भने कमाई २५ करोड रुपैयाँ भएको बताइन्छ। फिरोज खानले आफ्नो घर गिरवी राखेर फिल्म बनाएका थिए। उनका छोरा फरदीन खानका अनुसार, “यदि फिल्म हिट नभएको भए हामी सडकमै आउँथ्यौं।”
अमिताभ बच्चनले गुमाए अवसर
फिल्ममा विनोद खन्नाको भूमिका फिरोज खानले अमिताभ बच्चनलाई अफर गरेका थिए, तर त्यो समयमा अमिताभ बच्चन ‘दोस्ताना’ र ‘शान’ जस्ता फिल्ममा व्यस्त भएकाले उनले कुर्बानी अस्वीकृत गरे। पछि उक्त भूमिकामा विनोद खन्ना आए।
विनोद खन्नाको सन्यास
फिल्मबाट प्राप्त कमाईको रकम विनोद खन्नाले आचार्य रजनीश (ओशो)लाई दान गरेका थिए। फिल्म रिलिजपछि उनले सन्यास लिने निर्णय गरे।
मर्सिडीज कार तोडिएको चर्चित दृश्य
फिल्ममा एउटा दृश्य विशेष चर्चित बन्यो, जहाँ फिरोज खानले आफ्नै नयाँ मर्सिडीज कार तोड्न लगाए। सन् १९७९ मा मुम्बईमा मर्सिडीज कार अत्यन्त दुर्लभ थियो, तर सिनलाई स्मरणीय बनाउन उनले त्यो कार कुर्बान गरे।
फिल्म ‘कुर्बानी’ को ऐतिहासिक सफलता
सन् १९८० को सबैभन्दा बढी कमाइ गर्ने फिल्म ‘कुर्बानी’ बन्यो। दोस्रो स्थानमा ‘आशा’ र तेस्रोमा ‘राम बलराम’ रहेका थिए। सो वर्षकै ‘दोस्ताना’ र ‘शान’ जस्ता सुपरहिट फिल्म आउँदा पनि कुर्बानीको व्यापार सर्वोच्च रह्यो।
फिरोज खानको स्टाइल र निर्देशनले यो फिल्मलाई बलिउडको इतिहासमा एउटा अद्वितीय स्थान दिलायो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
