logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मोडल आँचल नाथ मृत्यु प्रकरण : पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा, तर आत्महत्या समाधान होइन

मोडल आँचल नाथ मृत्यु प्रकरण : पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा, तर आत्महत्या समाधान होइन


  • सोमबार, कार्तिक ३ २०८२
  • 650
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    मोडल तथा टिकटकर आँचल नाथ भनिने कल्पनाकुमारी नाथ मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

    मुद्दा दर्ता गरिएका प्रतिवादीहरूमा दैलेखको भगवती नगरपालिका–१ का २६ वर्षीय सञ्जु विक, रुकुम चौरजहारी गाउँपालिका–६ की अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका–१ की २२ वर्षीया राजेश बुढा र सोही ठाउँकी २२ वर्षीया लक्ष्मी बुढा रहेका छन्।
    उनीहरू मध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकी चार जना फरार रहेका छन्। आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरूविरुद्ध पाँच वर्षसम्म कैदको मागदाबी गरिएको छ।

    आँचल नाथ सामाजिक सञ्जालमा चर्चित अनुहार थिइन्। टिकटकमार्फत उनी निरन्तर सार्वजनिक ध्यानमा रहँदै आएकी थिइन्। पछिल्ला वर्षहरूमा नेपालमा युवती मोडल र सामाजिक सञ्जालका अनुहारहरू छिट्टै लोकप्रियता र प्रसिद्धि हासिल गर्ने क्रममा धेरै दबाबमा पर्ने गरेका छन्। नाम र प्रसिद्धिको खोजीमा उनीहरू प्रायः सार्वजनिक रूपमा नजिकिन बाध्य हुन्छन्, कहिलेकाहीँ व्यक्तिगत वा आत्मीय सम्बन्धहरू समेत विकास हुन्छन्। तर, जब ती सम्बन्धहरूमा धोका, आलोचना वा सामाजिक ट्रोलिङका स्थिति उत्पन्न हुन्छन्, मानसिक तनाव गहिरो बन्छ।

    यस्ता परिस्थितिमा आत्महत्या समाधान होइन। आत्महत्या आफ्नो जीवनप्रतिको अपराध हो — यो भावनात्मक कमजोरीको परिणाम हो। सार्वजनिक जीवनमा अघि बढ्नेहरू, विशेष गरी मोडल तथा कलाकारहरूले मानसिक रूपमा बलियो बन्नु, उतारचढाव स्वीकार गर्न सक्नु र कठिन क्षणहरू सामना गर्न तयार रहनु आवश्यक छ। समाजले पनि तिनीहरूलाई सहानुभूति र समझदारीका साथ हेर्नुपर्छ, न कि निरन्तर आलोचनाको निशाना बनाउन।

    आँचल नाथको घटनाले फेरि एकपटक समाजलाई सचेत गराएको छ — प्रसिद्धि र ग्ल्यामरको चमकभित्र पनि गहिरा भावनात्मक चुनौतीहरू लुकेका हुन्छन्। त्यसैले समस्या देखिँदा समयमै संवाद, सहयोग र मनोवैज्ञानिक सल्लाह लिनु जीवनको रक्षा गर्न सक्ने महत्त्वपूर्ण कदम हो।

    प्रकाशित : सोमबार, ३ कार्तिक २०८२ , ०१:४० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend