logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बैंकर बन्ने सपना देखेकी परिणीति चोपडा बनिन् बलिउड स्टार

बैंकर बन्ने सपना देखेकी परिणीति चोपडा बनिन् बलिउड स्टार


  • बुधबार, कार्तिक ५ २०८२
  • 611
    SHARES

    अम्बालाका गल्लीहरूमा ठूला सपना देख्ने एक केटी — परिणीति चोपडा — आज बलिउडकी सबैभन्दा प्रिय अभिनेत्रीमध्ये एक बनिसकेकी छन्। परिणीति चोपडाको जन्म सन् १९८८ अक्टोबर २२ मा एउटा पंजाबी परिवारमा भएको हो। आज उनी आफ्नो ३७औं जन्मदिन मनाउँदैछिन्।

    परिणीति चोपडाले कहिल्यै सोचेकै थिइनन् कि उनी चाँदीको पर्दाकी रानी बन्नेछिन्। शैक्षिक रूपमा उनी निकै तेज र प्रतिभाशाली थिइन्। अम्बालामै स्कुलिङ पूरा गरेपछि उनले लण्डनस्थित म्यानचेस्टर बिजनेस स्कूल बाट मार्केटिङमा डिग्री हासिल गरिन्।

    बैंकर बन्ने सपना, तर किस्मतले बनायो अभिनेत्री

    परिणीतिको सपना थियो — एक सफल इनभेस्टमेन्ट बैंकर बन्ने। तर भाग्यले उनलाई फिल्म–उद्योगको अर्को बाटो देखायो।
    यशराज फिल्म्स (YRF) मा पब्लिसिटी असिस्टेन्ट को रूपमा काम पाउँदा उनको करियरको दिशा नै बदलियो।

    सन् २०११ मा आएको फिल्म ‘लेडीज वर्सेस रिकी बहल’ ले उनलाई रातोंरात स्टार बनायो। त्यसपछि उनले ‘इश्कजादे’, ‘शुद्ध देशी रोमांस’, ‘हंसी तो फंसी’, र ‘नमस्ते इङ्गल्याण्ड’ जस्ता फिल्महरूबाट सफलता हासिल गरिन्।

    परिणीति चोपडाको विशेषता

    परिणीति चोपडाको विशेषता केवल उनको अभिनयमा सीमित छैन।
    फिटनेस र योगप्रतिको उनको लगाव, र सामाजिक सञ्जालमार्फत महिला सशक्तिकरण, पर्यावरण संरक्षण, र मानसिक स्वास्थ्य जस्ता विषयमा जनचेतना फैलाउने उनको प्रयासले उनलाई युवा पुस्तामाझ अझ लोकप्रिय बनाएको छ।

    उनको बलिउड प्रवेश पनि नियतिले बनाएको एउटा मोडजस्तै थियो। सन् २००९ को विश्वव्यापी आर्थिक मन्दीले उनको बैंकिङ करियरको सपना रोकिदियो। त्यसपछि उनी भारत फर्किइन् र आफ्नी दिदी प्रियंका चोपडाको सहयोगमा YRF को मार्केटिङ र पीआर विभागमा इन्टर्नशिप गर्न थालिन्।

    फिल्ममा प्रवेशको रोचक घटना

    YRF मा काम गरिरहेको बेला, स्टुडियोका कास्टिङ डायरेक्टरले मजाक–मजाकमा उनलाई एक अडिसन दिन भने। परिणीतिले त्यसलाई खेलकै रूपमा लिएर फिल्म ‘जब वी मेट’ की नायिका गीत का केही संवाद रेकर्ड गरिन्।

    त्यो रेकर्डिङ आदित्य चोपडासम्म पुगेपछि उनले परिणीतिको स्वाभाविक अभिनय प्रतिभा देखे र उनलाई मार्केटिङबाट हटाएर अभिनयको दुनियाँमा प्रवेश गराए।

    परिणीति चोपडाको धमाकेदार शुरुआत

    सन् २०११ मा फिल्म ‘लेडीज वर्सेस रिकी बहल’ बाट परिणीतिले बलिउडमा धमाकेदार शुरुआत गरिन्।
    यो फिल्मका लागि उनलाई फिल्मफेयर अवार्डमा सर्वश्रेष्ठ नव–अभिनेत्रीको पुरस्कार प्राप्त भयो।
    त्यसपछि सन् २०१२ मा फिल्म ‘इश्कजादे’ का लागि उनले राष्ट्रिय फिल्म पुरस्कारमा स्पेशल म्यन्सन पनि प्राप्त गरिन्।

    यसरी परिणीति चोपडाको जीवनकथा आजका युवा कलाकारहरूका लागि प्रेरणा र आशाको प्रतीक बनेको छ।

    प्रकाशित : बुधबार, ५ कार्तिक २०८२ , ०८:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend