लोकसारथि संवाददाता, बुटवल ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १७औँ साधारणसभा तथा ९औँ अधिवेशनले रितु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशन बुटवलमा सम्पन्न भएको हो।
नवगठित समितिमा प्रथम उपाध्यक्षमा रेशम खनाल, द्वितीय उपाध्यक्षमा बिधान कार्की, महिला उपाध्यक्षमा रेनु राना मगर, सचिवमा दीपक दर्लामी मगर, कोषाध्यक्षमा सागर खड्का, सह-सचिवमा कृष्ण अर्याल, र सह-कोषाध्यक्षमा विष्णु श्रीपाली रहेका छन्।
त्यसैगरी महिला सदस्यहरूमा सम्झना रणपाल, लालमाया थापा मगर, कोपिला न्यौपाने, कल्पना कुसुम, र खुला सदस्यहरूमा समीक्षा गैरे, विष्णु सिन्जाली मगर, अमृत पौडेल, हेमबहादुर सिन्जाली मिसन, पुष्कर सारु मगर, भुवन अधिकारी, सीता कार्की, बसन्ता खनाल र सम्झना खत्री सहित २४ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
नवनिर्वाचित अध्यक्ष रितु थापाले निर्वाचनपछि प्रतिक्रिया दिँदै लोकदोहोरीको समृद्धि र संरक्षणका लागि अग्रज तथा अनुज कलाकारहरूको सहकार्यमा प्रतिष्ठानलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाइन्। उनले विगत १२ वर्षदेखि संस्थामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवका आधारमा सिर्जनात्मक अधिकारको संरक्षणमा न्याय दिलाउने वाचा पनि गरिन्।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए।
निर्वाचन मण्डलमा खिमानन्द भट्टराई, लक्ष्मण खड्का, दिपु मगर, दामोदर घिमीरे, प्रचण्ड जिसी र मिलन गाहाले सहजीकरण गरेका थिए।
सर्वसम्मत नेतृत्व चयन सहज बनाउनका लागि दीपक गरौजा, दिपु मगर, प्रचण्ड जिसी, डिल्लीनारायण पाण्डे र खिम हमाल लगायतका अग्रज कलाकारहरूले विशेष भूमिका खेलेका थिए।
यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो। यससँगै लुम्बिनी प्रदेशअन्तर्गतका सबै १२ जिल्लामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अधिवेशन सम्पन्न भई सर्वसम्मत नेतृत्व चयन भएको प्रतिष्ठानले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
