logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

भारतीय अभिनेता सुनील शेट्टीले ४० करोड रुपैयाँको आकर्षक प्रस्तावलाई लात मारे

भारतीय अभिनेता सुनील शेट्टीले ४० करोड रुपैयाँको आकर्षक प्रस्तावलाई लात मारे


  • सोमबार, पुष १४ २०८२
  • 949
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    भारतीय अभिनेता सुनील शेट्टीले ४० करोड रुपैयाँको आकर्षक प्रस्तावलाई लात मार्दै तम्बाकू र पान मसालाको विज्ञापन अस्वीकार गरेका छन्। ६४ वर्षीय शेट्टी आफ्नो फिटनेससँगै कडा उसूल र ‘फ्यामिली म्यान’को छविका लागि चिनिन्छन्। हालै उनले आफ्ना आदर्शमा अडिग रहँदै यति ठूलो रकमको अफरसमेत ठुकराएको खुलासा गरेका हुन्।

    ‘पीपिङ मून’सँगको कुराकानीमा सुनील शेट्टीले यस निर्णयको कारण बताए। उनका अनुसार आर्थिक फाइदाभन्दा इमानदारी र आफ्नो परिवारका लागि उदाहरण स्थापित गर्नु उनको लागि बढी महत्वपूर्ण छ। उनले भने, “मलाई तम्बाकूको विज्ञापनका लागि ४० करोड रुपैयाँको प्रस्ताव आएको थियो। मैले उनीहरूतर्फ हेरेर भनेँ— के तपाईंलाई लाग्छ म पैसाको लोभमा पर्छु? त्यस्तो हुँदैन।”

    अहान र अथियाको छवि महत्वपूर्ण
    शेट्टीले आफ्ना छोराछोरी अहान शेट्टी र अथिया शेट्टीको छवि बिग्रिने कुनै पनि काम नगर्ने स्पष्ट पारे। उनले भने, “म यस्तो कुनै काम गर्दिनँ जसले अहान र अथियाको छवि खराब गरोस्। केही करोड रुपैयाँका लागि म आफ्ना आदर्शसँग कदापि सम्झौता गर्दिन।” उनले अब त कसैले पनि यस्ता प्रस्ताव लिएर आउन हिम्मत नगर्ने समेत बताए।

    प्रकाशित : सोमबार, १४ पुष २०८२ , ०६:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend