लोकसारथि संवाददाता, बुटवल।
सनी देओल अभिनीत बहुप्रतीक्षित फिल्म ‘बोर्डर २’ लाई लिएर दर्शकमाझ तीव्र उत्साह देखिएको छ। सन् १९९७ मा जे.पी. दत्ताले निर्देशन गरेको क्लासिक देशभक्तिपूर्ण फिल्म ‘बोर्डर’ आज पनि भारतीय सिनेमामा देशभक्तिको प्रतीक मानिन्छ। करिब तीन दशकपछि आउन लागेको यसको सिक्वेल ‘बोर्डर २’ ले त्यही भावना नयाँ शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
सन् २०२६ की ठूला फिल्ममध्ये एकका रूपमा हेरिएको ‘बोर्डर २’ लाई लिएर हाल सामाजिक सञ्जालमा कलाकारहरूको स्क्रिनटाइम लिक भएको दाबी चर्चामा आएको छ। यद्यपि, निर्माण पक्षले यसबारे आधिकारिक पुष्टि भने गरेको छैन।
निधि दत्ताको निर्देशनमा बनिरहेको यो फिल्म सन् १९७१ को भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित छ। फिल्ममा नयाँ पात्र, नयाँ द्वन्द्व र आधुनिक सिनेमाटिक प्रस्तुति देखिने बताइएको छ। यसपटक पनि फिल्मको मुख्य आकर्षण सनी देओल नै रहने निर्माण टोलीको संकेत देखिन्छ।
सनी देओलको सबैभन्दा लामो स्क्रिनटाइम ?
सामाजिक सञ्जालमा भाइरल रिपोर्टअनुसार सनी देओल फिल्ममा सबैभन्दा बढी समय पर्दामा देखिने कलाकार हुनेछन्। लिक दाबी अनुसार उनी करिब १ घण्टा ५० मिनेटसम्म पर्दामा रहनेछन्। यसले फिल्मको कथावस्तु र भावनात्मक आधार फेरि पनि सनी देओलकै काधमा रहने संकेत गर्छ।
देशभक्तिपूर्ण संवाद, आक्रामक अभिनय शैली र प्रभावशाली उपस्थितिका कारण सनी देओलले दर्शकलाई फेरि एकपटक रोमाञ्चित बनाउने अपेक्षा गरिएको छ।
वरुण धवन र दिलजीत दोसांझको महत्वपूर्ण भूमिका
उक्त रिपोर्टअनुसार वरुण धवन र दिलजीत दोसांझलाई पनि फिल्ममा महत्वपूर्ण भूमिका दिइएको छ। दुवै कलाकारको स्क्रिनटाइम करिब १ घण्टा ३५ मिनेट रहने दाबी गरिएको छ। वरुण धवन गम्भीर र भावनात्मक सैनिकको भूमिकामा देखिन सक्ने अनुमान गरिएको छ भने दिलजीत दोसांझले आफ्नो सहज तर प्रभावशाली अभिनयमार्फत कथालाई गहिराइ दिने बताइएको छ।
यसका अतिरिक्त, अहान शेट्टीलाई करिब १ घण्टा २० मिनेटको स्क्रिन स्पेस दिइएको चर्चा छ, जसलाई उनको करियरका लागि ठूलो अवसरका रूपमा हेरिएको छ।
देशभक्तिको झण्डा फेरि ठूलो पर्दामा
यद्यपि यी सबै स्क्रिनटाइम सम्बन्धी विवरणको आधिकारिक पुष्टि भइसकेको छैन, तर यस्ता लिक दाबीहरूले दर्शकको उत्साह झनै बढाएको छ। ‘बोर्डर २’ केवल एक एक्सन फिल्म मात्र नभई देशका लागि बलिदान दिने गुमनाम सैनिकहरूको कथालाई समर्पित फिल्म हुने बताइएको छ।
यदि लिक रिपोर्टहरू सही ठहरिए भने, सनी देओल फेरि एकपटक ठूलो पर्दामा देशभक्तिको झण्डा फहराउँदै देखिने निश्चितजस्तै छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
