काठमाडौ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । संजय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा साम्राज्ञी र विशाल खरेल फिचर्ड छन् ।
‘हारेँ हारेँ’ बोलको गीतमा सुमित पाठक र ममता गुरुङको स्वर छ । गीतमा शब्दरचना, कम्पोज र एरेञ्ज गायक पाठक स्वयंले गरेका हुन् ।
सौरभ लामाको डीओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गरेका हुन् । नग्नता, अश्लिलता र कृत्रिम तडकभडकमा रमाउने दर्शकहरुको मनोवृत्तिलाई ध्यानमा राखेर भिडियो निर्माण गरिएको प्रतीत हुन्छ ।
यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
