logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक


  • बिहिबार, पुष २५ २०८१
  • 1.3K
    SHARES

    चर्चित फिल्म ‘होस्टेल ३’ को दोस्रो संस्करणको पोस्टर सार्वजनिक गरिएको छ। आगामी फागुन २३ गते रिलिज हुने ‘होस्टेल ३’ को पोस्टरमा सबै प्रमुख कलाकार समावेश छन्।

    यसअघि चलचित्रको पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङलाई रमाइलो मुद्रामा राखेर पोस्टर सार्वजनिक गरिएको थियो। 

    नयाँ पोस्टरमा भने यी कलाकारसहित अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीलाई देख्न सकिन्छ। राकेश दाहालले पोस्टर डिजाइन गरेका हुन्।

    ‘होस्टेल ३’ ले क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा समेट्ने अपेक्षा गरिएको छ। यो चलचित्र नेपाल रिलिज मितिमा नै अन्य विभिन्न देशहरूमा पनि प्रदर्शन गर्ने तयारी छ।

    चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन्। कथा निर्देशक कँडेलकै हो। चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो। 

    निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। सहनिर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिस सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन्। यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

    अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन्। सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको रहेको छ। विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ। नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन्।

    ‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को सफलतापछि निर्माण गरिएको हो। यसले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ। यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ।

    प्रकाशित : बिहिबार, २५ पुष २०८१ , ०६:४६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend