logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

अमेरिकामा रहेका गायक रवि सुवेदीको ‘वाह रे जमुना’ सार्वजनिक

अमेरिकामा रहेका गायक रवि सुवेदीको ‘वाह रे जमुना’ सार्वजनिक


  • शुक्रबार, माघ ११ २०८१
  • 754
    SHARES

    लोकसारथि, ११ माघ । अमेरिकामा बसोबास गर्दै आएका नेपाली गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ। शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार भएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन्।

    देउडा लोक भाकामा तयार गरिएको यो गीतमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन्। गीतमा प्रेमका सुन्दर भावनाहरूलाई मार्मिक शब्दमा प्रस्तुत गरिएको छ, जसले प्रेमिकासँग जीवन बिताउने चाहना झल्काउँछ।

    यस म्युजिक भिडियोलाई शिव ढकालले छायाङ्कन गरेका हुन् भने सम्पादन विनोद बमले गरेका छन्। भिडियोको कोरियोग्राफी र निर्देशन कमल राईले गरेका छन्। भिडियोमा गायक रवि सुवेदी र नायिका रचना शिवाकोटीको अभिनय र नृत्यले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

    ‘वाह रे जमुना’ नेपाली संगीतप्रेमीहरूको बीचमा लोकप्रियता बटुल्न सफल भएको छ। यो गीतले गायक रवि सुवेदीको संगीत यात्रालाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

    प्रकाशित : शुक्रबार, ११ माघ २०८१ , ०६:१९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend