जम्मू-कश्मीरको पहलगाममा मंगलबार भएको बर्बर आतंकी आक्रमणले फेरि एकपटक मानवतामाथि कालो छाया फैलाएको छ। घोडचढी गर्न गएका निर्दोष पर्यटकहरूलाई लक्षित गर्दै अन्धाधुन्ध गोली चलाइएको यस हमलामा हालसम्म अपुष्ट रूपमा २७ जनाको ज्यान गएको पुष्टि भएको छ, दर्जनौं घाइते छन्। घटनास्थलबाट प्राप्त विवरण अनुसार आतङ्ककारीहरू सेना वा प्रहरीको वर्दीमा थिए।
यो कायरतापूर्ण घटनाको जिम्मेवारी ‘द रेजिस्टेन्स फ्रन्ट’ (TRF) ले लिएको छ – लश्कर-ए-तैयबाको नक्कली नाम, जसलाई पाकिस्तानको गुप्तचर संस्था ISI ले चलाउँछ।
यो आतंक एक-दुई व्यक्तिको सनक होइन, यो एक सुनियोजित जेहादी अभियान हो। यस अभियानको नेतृत्व पाकिस्तान सरकार आफैंले लिएको देखिन्छ – चाहे त्यो सीधै होस् वा ISI मार्फत परोक्ष रुपमा।
आतंकवादको कारखाना: पाकिस्तान
TRF, लश्कर-ए-तैयबा, हिजबुल मुजाहिदीन, जैश-ए-मोहम्मद – यी सबै संगठनहरू पाकिस्तानको संरक्षणमा छन्। ती संस्थाहरूलाई आधुनिक हतियारहरू, गोला-बारुद, संचार माध्यम, तालिम र रणनीतिक सहयोग कसले दिइरहेको छ? पाकिस्तान आफैंसँग ती अत्याधुनिक हतियारहरू उत्पादन गर्ने क्षमता छैन, तर उसका आतङ्ककारीसँग अमेरिकन नाइट-भिजन, AK-203, ड्रोन र रकेट लन्चरजस्ता युद्ध सामग्री कहाँबाट आइपुग्छन्?
यसको उत्तर स्पष्ट छ – अन्तर्राष्ट्रिय हतियार तस्करी नेटवर्क र केही गुप्त राष्ट्रहरू जसले ‘भूराजनीतिक खेल’ खेल्दै आतंकलाई उपकरण बनाएका छन्। अब समय आएको छ कि भारत सरकारले ती हतियार आपूर्तिकर्ताहरूको पहिचान गरी अन्तर्राष्ट्रिय स्तरमा कार्यवाहीको अभियान चलाओस्।
केवल आतंकी मारेर समाधान हुने हैन
पछिल्लो केही वर्षमा भारतले १७२ भन्दा बढी आतङ्ककारीहरूलाई मुठभेडमा मारिसकेको छ, तर पनि आतंक समाप्त भएको छैन। किनभने हामी जरा होइन, डाली काट्दैछौं। पाकिस्तानको सेनामा रहेका जेनेरलहरू, ISI का प्रमुखहरू र आतंकको संरक्षण गर्ने राजनीतिक नेतृत्वहरूलाई जबसम्म स्पष्ट सन्देश दिइदैन, तबसम्म भारतको आँसु सुक्दैन।
‘गो एण्ड टेल मोदी’ – जब पीडा चिच्याएर गुञ्जन्छ
एक हिन्दू दम्पती – सन्तोष जग्गाले र पल्लवी – माथि भएको आक्रमणमा सन्तोषले “कलमा” पढ्न नजानेको कारण गोली हानेर हत्या गरिएको थियो। आतंककारीहरूले पल्लवीलाई भने – “गो एण्ड टेल मोदी”।
हामीले भन्यौं प्रधानमन्त्रीज्यू, हामीले तपाईंलाई भन्यौं।
अब तपाईंको पालो छ –
-
१९६० को सिन्धु सम्झौता रद्द गरेर कूटनीतिक सन्देश दिनुभयो । स्वागत योग्य कदम छ ।
-
पाकिस्तानी दूतावासलाई बन्द गरी भारतबाट निकाल्नु स्वागतयोग्य छ – अब स्थायी बहिष्कार चाहिन्छ।
- भारतमा स्थित पाकिस्तानी दूतावासलाई भारत छोडेर जान भन्नुभयो । यो न्यायिक कदम रहेको छ ।
- सार्कको भिजा नीति अन्तर्गत जति पाकिस्तानीहरु प्राप्त भिजाका आधारमा भारतमा यात्रा गरिरहेका छन्, उनीहरुको भिजा रद्द गरिएको छ र सबैलाई ४८ घण्टाभित्र भारत छोडेर जान भनिएको छ । यो पनि धेरै राम्रो निर्णय हो ।
- अटारी बोर्डर जसलाई बागा बोर्डर पनि भनिन्छ, बन्द गरियो । यो झनै प्रशंसनीय कदम हो ।
- इस्लामाबादमा रहेको भारतीय दूतावासलाई भारत फिर्ता बोलाइएको छ । राम्रो फैसला हो ।
-
जुन मुलुकबाट हतियार आतङ्ककारीको हातमा पुगिरहेको छ, त्यस्तो मुलुकसँग व्यापार, सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध पूर्ण रूपमा रोक्नुहोस्।
-
Line of Control मात्र होइन, ‘Line of Action’ सुरु गर्नुहोस्।
अबको नारा – जय श्रीराम होइन, प्रतिशोधको सिंहनाद होस्
भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा बुटवल उपमहानगरपालिका–१४ बेलभारियाका सुदीप न्यौपाने मारिएका छन्। २७ वर्षीय न्यौपाने हाल अस्थायी रूपमा बुटवल–११ कालिकानगरमा बसोबास गर्दै आएका थिए।
हामी केवल भावनामा बग्ने छैनौं। हामी विवेकपूर्ण र निर्णायक कार्यवाही चाहन्छौं। इतिहासले जित्नेहरूलाई सम्झन्छ, र जसले प्रतिकार गरेन, उनीहरूलाई बिर्सन्छ।
अब ७२ वर्षको कूटनीतिक धैर्यता सकिएको छ। इजरायलले चार यहूदी बाँच्नलाई गाजालाई खेर गर्यो, भारतमा १.५ करोड सेनाले १०० करोड नागरिकहरूको रक्षा गर्न सक्ने आत्मबल राख्नुपर्छ।
हामी सरकारसँग टुक्रा-टुक्रा प्रतिशोध होइन, निर्णायक प्रतिशोध चाहन्छौं। पाकिस्तानको सेना र आतंकवादबीचको रेखा अब समाप्त भइसकेको छ – अब उनीहरू एउटै छन्, र जवाफ पनि एउटै हुनुपर्छ।
✍️ ‘लोकसारथिसँग चेतनाको यात्रा’ श्रृंखलामा आगामी मंगलवार “आध्यात्मिक दृष्टिकोणबाट आतंकवादको उत्तर” शीर्षकमा विशेष सम्पादकीय आउनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
