logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: हामी त्यही हौँ, जे खान्छौं — चेतनाको भोजन

सम्पादकीय: हामी त्यही हौँ, जे खान्छौं — चेतनाको भोजन


  • बिहिबार, जेष्ठ १ २०८२
  • 832
    SHARES

    हामीले खाएको खाना हाम्रो शरीरका कोष (cells), मासु, हड्डी, रगत आदिको निर्माण गर्छ। यदि हामी शुद्ध, पोषिलो, प्राकृतिक खाना खाउँछौं भने शरीर स्वस्थ हुन्छ; तर फोहोर, प्रशोधित, विषालु तत्व भएको खाना खाँदा शरीरमा रोग कमजोरी उत्पन्न हुन्छ।

    आयुर्वेद योग शास्त्रका अनुसार, खाना मात्र होइन, त्यसको ऊर्जा (energy) ले पनि हाम्रो मनोवृत्तिमा प्रभाव पार्छ।
    सत्विक आहारले मन शान्त, स्थिर पवित्र बनाउँछ।
    राजसिक आहारले मन चञ्चल इच्छा–कामनाले भरिएको बनाउँछ।
    तामसिक आहारले मनलाई जड, अल्छी, क्रोधित अन्धकारपूर्ण बनाउँछ।

    जसरी शरीरका लागि खानाको गुणस्तर महत्त्वपूर्ण छ, त्यसै गरी आत्माको लागि पनि ‘आहार’ हुन्छ — जुन हो, हामीले के सुन्छौं, के देख्छौं, कस्तो संगत गर्छौं। हाम्रो सम्पूर्ण चेतना (consciousness) हामीले ग्रहण गर्ने चीजहरूबाट बनिन्छ।

    हामी त्यही हौँ, जे खान्छौं” (We are what we eat) — यो भनाइ केवल भौतिक स्वास्थ्यको सन्दर्भमा होइन, आत्मिक चेतनाको विकासका लागि पनि गहिरो सन्देश बोकेको सत्य हो। आजको उपभोक्तावादी समाजमा खाना केवल स्वादको कुरा बनिसकेको छ, तर भगवद्गीताजस्ता सनातन ग्रन्थहरूले आहारलाई चेतना धर्मसँग प्रत्यक्ष गाँसेर प्रस्तुत गरेका छन्।

    भगवद्गीताको सत्रौं अध्याय (श्रद्धात्रय विभाग योग) मा भगवान श्रीकृष्णले आहारको प्रकृतिलाई सत्त्व, रज तम — तीन गुणहरूमा विभाजन गर्दै भन्नुहुन्छ :

    आयुः सत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः
    रस्याः स्निग्धाः स्थिरा हृद्या आहारा सात्त्विकप्रियाः” (१७.८)

    अर्थात् जीवनशक्ति, बल, आरोग्य, सुख आनन्द बढाउने सुपाच्य सुस्वादु खानेकुरा सात्त्विक हुन्छन्, यस्तो आहारले केवल शरीरलाई, तर मन आत्मालाई पनि निर्मल बनाउँछ।

    आजको समयमा जब टेबल भरिएका हुन्छन् तर मन खाली, जंक फूडको बाढी तर संयमको घटी — त्यहाँ गीता हाम्रो चेतनालाई झकझक्याउँछ। सात्त्विक आहारको अर्थ मात्र फलफूल, दूध वा सागसब्जी होइन, त्यो एक जीवनपद्धति हो — जहाँ भोजन प्रेम, पवित्रता प्रभुप्रेमले अर्पित गरिन्छ।

    राजसिक आहार (तीतो, अमिलो, अति तातो वा मसालेदार) ले शरीरलाई उत्साह दिन सक्छ, तर मनलाई चञ्चल बनाउँछ। यसैकारण श्रीकृष्ण भन्नुहुन्छ, यस्तो आहार दुःख रोगको मूल हो। यही चञ्चलता आज मानिसलाई अधिक लोभ, प्रतिस्पर्धा तनावमा डुबाइरहेछ।

    तामसिक आहारजस्तो कि बासी, दुर्गन्धित, हिंसात्मक वा अरूको उच्छिष्ट भोजन — मनलाई जड, प्रमादी नास्तिक बनाउँछ। यस्तो आहारले आत्मिक पतन निम्त्याउँछ, जसबाट जन्मन्छ असंवेदनशीलता, अपराध अधर्म।

    जब सामाजिक सञ्जालमा समय बिताउने तर भित्रभित्रै खाली अनुभव गर्ने मानिसहरूको संख्या बढ्दैछ, तब गीता भन्छ : “मनलाई शुद्ध पार्न चाहन्छौ भने, थालमा के छ, त्यो जाँच।”
    सात्त्विक आहार भनेको केवल के खाने होइन, कसरी खाने पनि हो — ध्यानपूर्वक, कृतज्ञतापूर्वक, ईश्वरप्रति अर्पण गरेर।

    आजका विद्यालयमा पोषणको शिक्षा दिइन्छ, तर पवित्रताको कुरा हुँदैन। घरमा परिकार बनाइन्छ, तर नम्रताका साथ अर्पण गरिंदैन। यसैले आजको बालकहरू आक्रोशित, किशोरहरू छिटो थाक्ने, वयस्कहरू आत्मिकरूपले शून्य महसुस गर्न थालेका छन्।

    सात्त्विक आहारले केवल शरीर बनाउँदैन, चरित्र बनाउँछ। चेतना उज्यालो बनाउँछ।
    हाम्रो थालमा भएको भोजनले हाम्रो संस्कारको मुख प्रतिबिम्ब हो।

    हामीले के खाइरहेका छौं, त्यो केवल शरीरका अंग बन्न सक्दैन, त्यो हाम्रो दृष्टिकोण, व्यवहार निर्णय क्षमता पनि बन्न सक्छ।
    यसैले, गीता चेतावनी दिन्छ —
    जस्तो अन्न, त्यस्तै मन”।
    अन्नले पेट भर्न मात्रै नखोज,
    आत्मा
    शुद्ध बनाउने भोजन
    रोज

    यदि हामी साँचो अर्थमा “सभ्य” बन्न चाहन्छौं भने, हाम्रो थालदेखि नै त्यो यात्रा सुरु हुनुपर्छ — सात्त्विक, संयमी श्रद्धायुक्त आहारबाट। यही बाटो हो, जुन चेतनाबाट मोक्षसम्म पुग्छ।

    मौसमानुसार पथ्य र अपथ्य आहार विहार

    गर्मीयाममा यस्ता पदार्थबाट टाढा रहनु उपयुक्त हुन्छ
    अत्यधिक घ्यू, पिरो खुर्सानी, मसला, र तेलमा तारेका परिकार
    यी पदार्थहरूले शरीरमा अग्नि तत्वलाई अत्यधिक उकास्छन्, जसले पाचनतन्त्रमा गडबडी, एसिडिटी, पित्तविकार, छालामा एलर्जी, र मुटुमा दबाव जस्ता समस्याहरू निम्त्याउँछ। गर्मी मौसममा पहिले नै शरीर तातो भएको हुन्छ, यसमा यस्ता तातो प्रकृतिका खानेकुरा थपिँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ।

    माछा, मासु, अण्डा अर्थात् मांसाहार
    मांसाहार गरिष्ठ, पच्न गाह्रो र उष्ण प्रकृतिको हुन्छ। गर्मी याममा यस्तो खाना शरीरको आन्तरिक तापलाई झनै बढाउँछ, जसले शरीरमा विषाक्त पदार्थको मात्रा बढाउँछ र रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। साथै, मांसाहारबाट कीटाणुजन्य रोगको जोखिम पनि बढी हुन्छ।

    मैथुन, फास्ट फूड, चिसो पेय पदार्थ
    मैथुन वा यौनक्रियाले शरीरको ऊर्जालाई अत्यधिक खर्च गराउँछ। गर्मी याममा यो ऊर्जा चाहिने हुन्छ ताप नियन्त्रण गर्न। फास्ट फूड र चिसो पेय ९जस्तै कोल्ड ड्रिंक० पच्न गाह्रो, रासायनिक तत्वयुक्त, र प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने तत्व हुन्छन्। फ्रिजमा राखिएका चिसो पदार्थले पाचन अग्निमा असन्तुलन ल्याउँछ र गला, नाक, फोक्सोमा समस्या दिन सक्छ।

    गर्मीमा यस्ता उपायहरू स्वास्थ्यका लागि अत्यन्त लाभदायक छन् :

    फलफूल र सात्विक आहार
    फलफूल जलयुक्त, पचाउन सजिलो र शरीर शीतल बनाउने गुणयुक्त हुन्छ। खासगरी खर्बुजा, तरबुजा, कागती, अम्बा, आँप, अंगुर, काँचो नरिवल आदिले शरीरमा पानीको मात्रा पूर्ति गर्छ। सात्विक आहार भन्नाले ताजा, मौसमी, कम मसला, हरियो सागसब्जी, दुध, दही, चामल, मूङ, गहुँ आदि समावेश हुन्छ।

    नित्य ध्यान, प्राणायाम, नामजप
    मानसिक तनाव, चिडचिडापन, अनिद्रा, उच्च रक्तचाप जस्ता गर्मीयाममा हुने समस्याहरूलाई ध्यान र प्राणायामले सन्तुलनमा ल्याउँछ। नामजपले मनलाई शान्त बनाउने मात्र होइन, हर्मोन सन्तुलन र प्रतिरक्षा प्रणालीलाई पनि सुदृढ बनाउँछ।

    ब्रह्मचर्यको निष्ठापूर्वक पालना
    ब्रह्मचर्य केवल मैथुनदेखि अलग रहनु मात्र होइन, इन्द्रिय संयम र ऊर्जाको संरक्षण पनि हो। गर्मी याममा शरीरबाट पसिनाका माध्यमले धेरै ऊर्जा बाहिर निस्कँदै जान्छ, त्यसैले इन्द्रिय संयम आवश्यक हुन्छ।

    पर्याप्त मात्रामा जल सेवन
    शरीरमा जलको कमी ९मभजथमचबतष्यल० गर्मीको मुख्य समस्या हो। जसका कारण मुटुको धड्कन बढ्नु, टाउको दुखाइ, थकान, चक्कर लाग्ने, पाचन गडबडी आदि हुन सक्छ। सादा, उम्लिएको वा पिउनयोग्य पानी पर्याप्त मात्रामा पिउनुपर्छ।

    ड्राइ फ्रुट्सलाई भिजाएर मात्र सेवन गर्ने :
    काजु, बदाम, किसमिस, अखरोट आदिमा पोषण तत्व प्रशस्त हुन्छ, तर गर्मीयाममा तिनीहरू सुख्खा अवस्थामै खाँदा शरीरलाई तातो दिन सक्छन्। ८ घण्टा पानीमा भिजाएर खाँदा ती शीतल र सुपाच्य हुन्छन्।

    गर्मी याममा शरीर र मनको सन्तुलनलाई कायम राख्न जीवनशैलीमा सात्विकता, संयमता र सरलता अत्यन्त आवश्यक हुन्छ। सामान्य ताप व्यवस्थापनलाई उपेक्षा गर्नु, वा मनलाग्दी आहारविहार गर्नु केवल गर्मी होइन, दीर्घकालीन स्वास्थ्य समस्याको मूल कारण बन्न सक्छ। त्यसैले, शास्त्रसम्मत र आयुर्वेदिक अनुशासनअनुसार जीवन बिताउनु नै उत्तम उपाय हो।

    🕉 जय श्रीराधाकृष्ण! जय सनातन धर्म ! जय सनातन राष्ट्र नेपाल !

    प्रकाशित : बिहिबार, १ जेष्ठ २०८२ , ०७:२१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend