logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय “कंचन, कीर्ति र कामिनी : लौकिक लोभका भाइरस र अध्यात्मको अवरोध”

सम्पादकीय “कंचन, कीर्ति र कामिनी : लौकिक लोभका भाइरस र अध्यात्मको अवरोध”


  • शुक्रबार, जेष्ठ २ २०८२
  • 2.1K
    SHARES

    सन्त, मुनि, ऋषि, महर्षि, सन्यासी, साधु, वैरागीहरूप्रति श्रद्धा राख्ने परम्परा हाम्रो समाजको आत्मा हो। तर आजको समयमा तिनको प्रत्यक्ष दर्शन त टाढाको कुरा, तिनका वचन सुन्ने चासो पनि सर्वसाधारणमा घट्दो छ। यसको प्रमुख कारण हो—धर्म–आचरणको गम्भीर पतन। एक समय थियो, जब समाजमा सन्तहरू मार्गदर्शक थिएस आज उनीहरूको ठाउँमा तर्क, लोभ र भौतिकताले ठाउँ लिएको छ। सत्य–असत्यबीचको भेद बुझ्ने चेतना हराउँदै गएको छ।

    हाम्रो समाजमा आज एक अद्भुत विडम्बना देखिन्छ—धार्मिकता र नैतिकताको विषयमा उदासीनता, तर कार्यालयीन जीवनमा हाकिमप्रतिको चाकरीमा पूर्ण समर्पण। कुनै कार्यालयमा कार्यरत कर्मचारी आफ्नो हाकिमलाई रिझाउन, खुशी पार्न, उसको आज्ञा पालना गर्न, अनि सानो–ठूलो सेवा गर्न तयार हुन्छन्—किनभने त्यो सम्बन्ध सेवा–सुविधा, बढुवा र व्यक्तिगत स्वार्थसँग गाँसिएको हुन्छ।

    एकथरी कर्मचारीको सोच हुन्छ, हाकिमसँग उठबस गर्न सके आफू पनि सम्मानित देखिन्छ। अर्काथरी महिला कर्मचारीहरू आफूमाथिको पुरुष हाकिमको मन रिझाउन आफ्नो अस्मिता र स्वाभिमानसमेत सुम्पिन पछि पर्दैनन्। होटल–रेस्टुराँको बिल तिर्नेदेखि अफिस समयबाहेकको समय पनि हाकिमलाई दिइने गरेको देखिन्छ। यस किसिमको अन्धसमर्पण, जो केवल क्षणिक लाभका लागि गरिन्छ, कति गहिरो नैतिक पतनको द्योतक हो, तर विडम्बना, यिनै कर्मचारीले जीवनको मूल मालिक, अर्थात् परमेश्वरलाई भने समय, समर्पण र श्रद्धा दिन चाहँदैनन्।

    आजको समाजको मुल प्रवृत्तिहरूलाई नियाल्ने हो भने एउटा गहिरो विडम्बना प्रस्ट देखिन्छ—व्यक्ति ईश्वरतर्फ होइन, ईश्वरसर्जित लौकिक वस्तुहरूतर्फ लिप्त छ। उसको लक्ष्य परम शान्ति होइन, क्षणिक सुख हो; उसका आदर्श धर्म–आचरण होइनन्, धन–प्रतिष्ठा शरीर–भोग छन्। यसको मूल कारणहरू खोज्ने हो भने तीनवटा विशिष्ट लोभ–विकारहरू देखिन्छन् : कंचन (धन), कीर्ति (यश) कामिनी (स्त्री मोह)यी तीन तत्व नै आजका व्यक्ति, विशेषगरी युवापुस्ताका, ध्यान–भावना आत्मिक उन्नति मा मुख्य बाधक बनेका छन्।

    वास्तवमा, यी तीन लोभहरू कुनै साधारण मनोविकार होइनन्। यी आध्यात्मिक पतनका खतरनाक भाइरस हुन्, जसले व्यक्ति मात्र होइन, समाज, संस्कृति सम्पूर्ण मानवता नै संक्रमित बनाइरहेका छन्। प्रेमानन्द महाराजको वचन सत्य सावित भइरहेको छ : कंचन, कीर्ति कामिनीको दास बनुन्जेल भक्तिरसको आस्वादन सम्भव छैन।” आज अधिकांश मानिस यी लोभहरूको मानसिक दासत्वमा बाँधिएका छन्—अनि त्यही दासत्वलाई “आधुनिकता” वा “सफलता” को नाम दिइरहेका छन्।

    कंचन : धनको मोह

    धनको लागि मानिस जे पनि गर्न तयार छ। बैङ्क ब्यालेन्स, घर, गाडी, सुनचाँदी—यी भौतिक वस्तुहरूको संग्रह आजको जीवनको लक्ष्य बनेको छ। तर यी सबै अस्थायी हुन्। गीता भन्छ—नासतो विद्यते भावो”अस्थायी वस्तुहरूबाट शाश्वत सुख प्राप्त हुँदैन। धनको लोभले व्यक्ति चोरी, घूस, भ्रष्टाचार, अपराधसम्ममा लिप्त भइरहेको यथार्थ देखिने विषय हो, तर यसले भक्तिको मूल जरा नै काटिरहेको थाहा छैन उसलाई।

    कीर्ति : यश प्रशंसाको भोग

    सफलताको नाममा यश, सम्मान सामाजिक स्थिति आजको मानिसको ‘ईश्वर’ भएको छ। प्रशंसा सुन्ने लालसा, सम्मानको तृष्णा, पुरस्कार डिग्रीको मोह—यी सबैले व्यक्तिलाई ‘स्व’ बाट टाढा पुर्‍याइरहेका छन्। सच्चा भक्त, सच्चा साधकको विशेषता हो—मान–अपमानमा समभाव।” तर आज हामी ‘लाइक’, ‘कमेन्ट’, ‘फोलो’ को गन्तीमा आध्यात्मिक मूल्य गुमाइरहेका छौं।

    कामिनी : काम भावमा ग्रसित मानसिकता

    कामिनी शब्दले यहाँ स्त्री प्रतिको आकर्षणलाई सूचित गर्छ—तर गहिरो रूपमा बुझ्दा यो शारीरिक भोगको मोह हो, जुन केवल पुरुषतर्फ सीमित छैन। आजका युवा–युवती बाल्यकालमै यौन भावनाले ग्रसित छन्, डेटिङ, लिभ–इन, अनैतिक सम्बन्ध, अश्लीलता आदिको गिरफ्तमा छन्। ब्रह्मचर्यको संरक्षण टाढाको कुरा, जीवनको लक्ष्य नै भ्रमित भइरहेको छ। कामदोषले नै अनेक अपराध, हत्या, बलात्कार, आत्महत्या लगायतका घटनाहरूको स्रोत बनिरहेको छ।

    कंचन, कीर्ति कामिनी : भाइरस 

    यी तीन तत्वहरू केवल इच्छाहरू मात्र होइनन्, मानसिक प्रणालीमा घुसेका विषाणु (virus) हुन्। जसरी कम्प्युटरमा भाइरस लागेपछि System Format गर्नु आवश्यक हुन्छ, ठीक त्यसरी नै मानिसको जीवन प्रणाली पनि फर्मेट गर्नु अनिवार्य भइसकेको छ।

    यसका लागि के गर्नु आवश्यक छ?

    -आहार–विचार–आचरणको शुद्धिकरणसात्त्विक भोजन, शास्त्रीय अध्ययन, भक्ति–सङ्गतमा समय बिताउनु।

    -सद्ग्रन्थ सन्तवाणीको अभ्यासगीता, उपनिषद्, भागवत आदिको अध्ययन, प्रवचनको श्रवण मनन।

    -आत्मपरीक्षण तपस्याको अभ्यासमोबाइल, चलचित्र, अश्लील साङ्गीतिक सामग्रीबाट टाढा रहने संकल्प।

    -सङ्गसँगै सन्तहरूको सान्निध्य स्मरणयद्यपि आज प्रत्यक्ष सन्त दर्शन दुर्लभ छन्, तर उनीहरूको साहित्य, विचार जीवनले आज पनि मार्गदर्शन गर्छ।

    आजको आवश्यकता : चरित्रको नवसंस्कार

    ध्यान दिनुपर्ने कुरा के हो भने—आज जुन हदसम्म व्यक्तिहरू अफिसका हाकिम संसारका मालिक लाई रिझाउन तयार छन्, यदि त्यही लगन श्रद्धा परमात्माको भजन, ध्यान सेवा मा देखाउन सके, संसार पनि सुध्रिन्छ आत्मा पनि मुक्त हुन्छ। जुन कर्मचारी हाकिमको भोजनको बिलसम्म तिर्दिन्छ, उसैले यदि थोरै सेवा भक्ति भगवदचरणमा अर्पण गर्‍यो भने, त्यसको फल अनन्त हुन्छ।

    यस्तो प्रेम समर्पण भनेको लौकिक लालसा होइन, परमशान्तिको मार्ग हो। यही मार्गमा समाजलाई डोर्याउने, आत्मा–स्मरण गराउने, जीवन–दिशा बदल्ने चेतनशील प्रयास गर्नु  प्रत्येक आत्माको कर्तव्य हो। तर त्यस्तो परिवर्तन सम्भव छ—यदि हामी पहिले आफ्नो मनलाई यी तीन भाइरसबाट शुद्ध गर्न तयार छौं भने।

    निष्कर्षमा भन्नु पर्छ—कंचन, कीर्ति कामिनीमा समर्पित चित्त कहिल्यै कृष्ण–नाममा रमाउँदैन। त्यसैले आउनुहोस्, आजैदेखि हामी यी भाइरसहरूलाई हृदयबाट निष्कासन गर्ने संकल्प गरौं। भक्ति, वैराग्य ज्ञानको अनन्त सिन्धुमा उत्रौं। किनकि यही बाटो हो—मानवताको कल्याण को र  यही  हो मोक्षको एकमात्र सेतु।

    🕉 जय श्रीराधाकृष्ण! जय सनातन धर्म ! जय सनातन राष्ट्र नेपाल !

     

    प्रकाशित : शुक्रबार, २ जेष्ठ २०८२ , ०८:५५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend