सम्पादकीय
कुनै न कुनै कारण वा प्रतिकूल संगतको प्रभावमा परेपछि मानिसलाई अवश्य रोग लाग्छ। अर्काे शब्दमा भन्नुपर्दा, प्रकृतिको नियमविपरीत गरिएका कर्महरूका कारण शरीरको कार्यात्मक प्रक्रिया तथा प्रणालीमा आउने अवाञ्छित परिवर्तन नै रोगावस्था हो। रोगले शरीरका विभिन्न अंगहरूलाई सामान्य रूपमा कार्य गर्न नदिई मानव जीवनलाई असहज, कमजोर र कष्टकर बनाइदिन्छ।
मानव जीवनशैली जति प्रकृतिमैत्री, संयमित र सन्तुलित हुन्छ, उति नै मानिस स्वस्थ, ऊर्जावान र दीर्घायु बन्न सक्छ। तर आजको आधुनिक युगमा मानिसहरू स्वास्थ्यभन्दा बढी धन कमाउने लोभमा फस्दै गएका छन्। विडम्बना के छ भने, धेरै मानिसहरू जानाजानी रोग निम्त्याउने जीवनशैली अंगाल्न थालेका छन्—अस्वस्थ खानपान, अनियमित दिनचर्या, मानसिक तनाव, निद्राको अभाव र कृत्रिम जीवनशैलीका कारण रोगहरू दिनप्रतिदिन बढिरहेका छन्।
कतिपय रोगहरू जटिल अवस्थामा पुगेपछि मानव जीवन नै समाप्त हुने खतरा रहन्छ। तर धेरै रोगहरू भने बेलैमा खानपान र जीवनशैलीमा सुधार गर्न सकेमा बिना औषधि पनि निको हुन सक्छन्। प्रकृतिको यही सरल सिद्धान्त, जुन मानव सभ्यताका लागि आधारभूत सत्य हो, आजको चिकित्सा प्रणाली र व्यावसायिक संरचनाले ओझेलमा पारेको छ।
आज रोग, रोग पहिचान गर्ने विधि र उपचार प्रक्रिया अत्यन्त जटिल बनाइएको छ। रोग निदानका नाममा महँगा उपकरण र प्रविधिहरू विकास गरिएका छन्, जसले उपचारलाई झन् खर्चिलो बनाउँदै लगेको छ। उचित ज्ञान र आर्थिक पहुँच नभएका मानिसहरू अस्पतालको महँगो शुल्क तिर्न नसक्दा रोगी अवस्थामै जीवन बिताउन बाध्य छन्।
यस्तो कठिन परिस्थितिमा पनि डा. विश्वरूप राय चौधरी जनस्वास्थ्यको पक्षमा उभिँदै, मानिसलाई प्रकृतिमैत्री उपायमार्फत आरोग्य प्राप्त गर्न प्रेरित गरिरहेका छन्। उनले उपचारका नाममा लुटतन्त्र मच्चाइरहेका माफियाविरुद्ध आवाज उठाउँदै स्वास्थ्यलाई व्यापार बनाउने प्रवृत्तिलाई खुला चुनौती दिइरहेका छन्।

आजको रोग केन्द्रित समाज, महँगो उपचार प्रणाली र प्रकृतिमैत्री स्वास्थ्य दर्शनबीचको गहिरो अन्तरविरोधलाई उजागर गर्दै मानव सभ्यतालाई पुनः प्रकृतिको मूल सिद्धान्ततर्फ फर्किनुपर्ने आवश्यकता छ।
वैकल्पिक उपचार पद्धतिका प्रवर्तक तथा ‘होलीस्टिक हेल्थ’ अभियानका अभियन्ता डा. बिस्वरूप रोय चौधरी (Dr. BRC) ले एलोपैथी (Allopathy) उपचार प्रणालीमाथि कडा प्रश्न उठाउँदै सार्वजनिक रूपमा ७ वटा चुनौती प्रस्तुत गरेका छन्। उनले आफ्नो लामो अनुसन्धान, अनुभव तथा तथ्यहरूका आधारमा यी चुनौतीहरू प्रस्तुत गरिएको दाबी गरेका छन्।
डा. बिस्वरूपले एलोपैथी औषधि र भ्याक्सिन प्रणालीलाई प्रत्यक्ष चुनौती दिँदै भनेका छन्— “यदि मेरो ७ मध्ये कुनै एउटा चुनौती गलत साबित गर्न सक्नुहुन्छ भने म १० लाख रुपैयाँ पुरस्कार दिन तयार छु।”
उनले यो चुनौती ७ मार्च बिहान १० बजे प्रत्यक्ष भेटघाट तथा ‘लाइभ’ छलफलका माध्यमबाट प्रस्तुत गरिने जानकारी दिएका छन्। चुनौतीमा सहभागी हुन चाहनेहरूलाई [email protected] मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।
डा. बिस्वरूपले सार्वजनिक रूपमा प्रस्तुत गरेका चुनौतीहरू यस्ता छन्:
-कुनै पनि एलोपैथिक औषधिले कुनै पनि रोग १% पनि निको पार्न सक्दैन।
-कुकुरले टोकेपछि लगाइने रेबिज भ्याक्सिन बेकार मात्र होइन, हानिकारक पनि छ।
-HIV/AIDS एउटा बनावटी झुट हो।
-बाल्यकालमा दिइने भ्याक्सिनबाट फाइदा भएको कुनै प्रमाण छैन, तर तिनले स्नायु सम्बन्धी समस्या उत्पन्न गर्ने प्रमाणित भइसकेको छ।
-मेमोग्राम, बायोप्सी र PET स्क्यानले क्यान्सर हुने सम्भावना बढाउँछ।
-COVID-19 भ्याक्सिनका कारण जीवनशैलीजन्य रोग र अचानक मृत्युका घटना बढेका छन्।
-अटिज्म/ADHD आनुवंशिक (Genetic) रोग होइन, र यसलाई धेरै हदसम्म ठीक गर्न सकिन्छ।
यी ७ मध्ये कुनै एउटा विषयलाई गलत प्रमाणित गर्न सके १० लाख रुपैयाँ पुरस्कार दिने उनको घोषणा छ।
डा. बिस्वरूपका अनुसार यो चुनौती उनले वर्षौंको अध्ययन, अनुसन्धान र प्रयोगात्मक अनुभवका आधारमा दिएका हुन्। उनले दाबी गरेका छन् कि हालसम्म उनको चुनौतीलाई कुनै पनि एलोपैथी समर्थक चिकित्सक, मेडिकल कलेज वा औषधि कम्पनीले स्वीकार गर्न सकेको छैन।
उनको भनाइ अनुसार एलोपैथी प्रणालीले रोगको जड उपचार गर्नुभन्दा लक्षण दबाउने काम मात्रै गरिरहेको छ। डा. बिस्वरूपले तरुणदेखि दीर्घ (Acute to Chronic) रोगसम्मको समाधानका लागि होलीस्टिक उपचार प्रणालीलाई तत्काल पहिचान गर्नुपर्ने बताएका छन्। उनका अनुसार प्राकृतिक जीवनशैली, खानपान, शरीरको डिटक्स, मानसिक शुद्धता र रोग प्रतिरोधात्मक क्षमताको विकासमार्फत धेरै रोगहरूलाई जडबाट नियन्त्रण गर्न सकिन्छ।
उनले समाजलाई “औषधि र भ्याक्सिन केन्द्रित सोच” बाट बाहिर निकालेर जीवनशैली केन्द्रित स्वास्थ्य चेतना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
डा. बिस्वरूपको यस्तो चुनौती सार्वजनिक भएपछि स्वास्थ्य क्षेत्र, मेडिकल शिक्षालय, चिकित्सक समुदाय र आम नागरिकबीच नयाँ बहस सुरु हुने संकेत देखिएको छ।
उनका समर्थकहरूले यो चुनौतीलाई “मेडिकल माफियामाथिको साहसी प्रहार” भनेका छन् भने आलोचकहरूले यस्ता दाबीहरूलाई वैज्ञानिक बहस र प्रमाणको कठोर परीक्षणबाट गुजार्नुपर्ने बताउँदै आएका छन्। डा. बिस्वरूपको यो चुनौती केवल पुरस्कार घोषणा मात्र नभई स्वास्थ्य उपचार प्रणालीको दिशा र विश्वासमाथिको ठूलाे प्रश्न बनेर आएको छ।
उनको भनाइ अनुसार मानव स्वास्थ्यको रक्षा गर्ने नाममा चलिरहेको महँगो उपचार, परीक्षण र औषधि केन्द्रित संरचनाले जनतालाई झन् रोगी बनाइरहेको छ। त्यसैले समाजले अब होलीस्टिक उपचार, प्राकृतिक जीवनशैली र रोग प्रतिरोधात्मक क्षमताको वैज्ञानिक अध्ययनतर्फ गम्भीर ध्यान दिनुपर्ने उनको आग्रह छ।
डा. बिस्वरूपको यो चुनौतीले आगामी दिनमा नेपालसहित दक्षिण एशियाली क्षेत्रमा स्वास्थ्य प्रणालीमाथि ठूलो बहस र बहुआयामिक बहस सिर्जना गर्ने अनुमान लगाउन सकिन्छ ।