दारी, कपाल गर्नका लागि बुधबार र शुक्रबार मात्रै उपयुक्त
लोकसारथि, माघ १५ । शास्त्रअनुसार पुरुषले आफ्नो कपाल, दारी र जुँगा खौरिने (क्षौरकर्म) कार्य सप्ताहमा केवल दुई दिन मात्र गर्नु उपयुक्त मानिन्छ। अन्य दिनमा क्षौरकर्म गरेमा विभिन्न प्रकारका हानिकारक प्रभाव पर्नसक्ने धार्मिक विश्वास रहेको छ।
प्रेमानन्द महाराजका अनुसार गलत दिनमा क्षौरकर्म गर्दा अकालमृत्युदेखि आयु, धन, बुद्धि र मानसम्म गुम्न सक्ने योग बन्न सक्छ। उहाँले हप्ताको केही निश्चित दिनमा क्षौरकर्म गर्न प्रतिबन्ध लगाउनुपर्ने शास्त्रीय आधार प्रस्तुत गर्नुभएको छ। पुरुषले आजकल प्रत्येक दिन दारी, जुंगा गरेको पाइन्छ । प्रेमानन्द महाराजजी भन्नुहुन्छ यही कारणले व्यक्तिको बुद्धि भ्रष्ट हुँदै छ । क्षौरकर्मको आफ्नै पद्धति छ । जथाभावी क्षौरकर्म गरेमा हानि हुन्छ ।
कुन दिन के हुन्छ?
- मंगलबार: यस दिन क्षौरकर्म गरे अकालमृत्युको सम्भावना बढ्छ।
- शनिबार: शनिबार क्षौरकर्म गर्दा आयु घट्ने र अकालमृत्युको जोखिम रहने मान्यता छ।
- वृहस्पतिबार: यस दिन क्षौरकर्मले लक्ष्मी, मान र भक्तिको ह्रास गराउँछ।
- आइतबार: धन तथा बुद्धिको नाश हुने शास्त्रीय मान्यता छ।
- सोमबार: शिव उपासक र सन्तानको प्रगति चाहनेले यस दिन क्षौरकर्म गर्नुहुँदैन। अविवाहित वा सन्तानको उन्नति नचाहने व्यक्तिले भने सोमबार क्षौरकर्म गर्न सक्छन्।
- बुधबार: बुधबार क्षौरकर्मले सुख र ऐश्वर्य बढ्छ।
- शुक्रबार: यस दिन क्षौरकर्म गर्दा लाभ, यश र सुख वृद्धि हुने विश्वास छ।
केवल बुधबार र शुक्रबार उपयुक्त
शास्त्रका अनुसार सप्ताहमा बुधबार र शुक्रबार मात्र क्षौरकर्मका लागि शुभ दिन मानिन्छ। यी दिनमा क्षौरकर्म गर्दा सुख, ऐश्वर्य र यश बढ्ने विश्वास छ।
धार्मिक मान्यताले जीवनका क्रियाकलापलाई समयसापेक्ष र व्यवस्थित बनाउन मार्गदर्शन गर्छ। तसर्थ, क्षौरकर्म गर्दा शास्त्रीय विधि र नियमको पालना गर्दा लाभकारी हुने धार्मिक परम्परा र मान्यताले देखाउँछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
