logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भविष्य मालिकाः सतयुग सुरु हुनुअघि सात दिन–सात रात पृथ्वी पूर्ण अन्धकारले ढाकिने

भविष्य मालिकाः सतयुग सुरु हुनुअघि सात दिन–सात रात पृथ्वी पूर्ण अन्धकारले ढाकिने


  • आइतबार, कार्तिक ३० २०८२
  • 1.3K
    SHARES

    लोकसारथि संवाददाता, बुटवल । भविष्य मालिका अनुसार करिब ६०० वर्षअघि अच्युतानन्द दासज्यूले सतयुगको आरम्भ हुनुभन्दा केही समय अघि धरतीमा सात दिन र सात रातसम्म विश्वमा पूर्ण अन्धकार छाउने वर्णन गरेका छन्। यस अवधिमा सम्पूर्ण पृथ्वीमा पूर्णतया अन्धकार छाइरहनेछ, अद्भुत घटनाहरू घट्नेछन्, र सबै बिजुलीका उपकरणहरू पूर्ण रूपमा निष्क्रिय हुनेछन्।

    यस अन्धकारमय कालमा पापीहरू कसरी विनाश हुनेछन्, भगवान् कल्कि कसरी आफ्ना भक्तहरूको रक्षा गर्नुहुन्छ, त्यति लामो अन्धकार किन हुनेछ, अन्धकारपछि के परिवर्तनहरू आउनेछन्, र यस संकटबाट कसरी बच्न सकिन्छ—यी सबै कुरा यस लेखमा विस्तारपूर्वक प्रस्तुत छन्।

    सात दिन र सात रातको अन्धकार हुँदा के–के हुनेछ ?

    भविष्य मालिका अनुसार अच्युतानन्द दासज्यू लेख्छन् कि उक्त समय भूत–प्रेत, पिशाचिनी, चामुण्डाजस्ता शक्तिहरू आफ्ना सम्पूर्ण अस्त्र–शस्त्र सहित प्रकट हुनेछन्। चारैतिर रगत नै रगत देखिनेछ, असंख्य मानिसहरू मृत्युको शिकार हुनेछन्।

    त्यसमा उल्लेख छ कि
    – जुन स्त्रीहरुले आफ्ना पतिबाहेक अन्य पुरुषको चिन्तन गर्छन्, उनीहरू योगमायाको प्रभावमा परेर आफ्नै श्रीमानको मृत्युको कारण बन्नेछन्।
    – जो जो स्त्रीहरु धर्मपरायण, पवित्र र पतिव्रता हुन्छन्, उनीहरू सुरक्षित रहनेछन्।

    महिलाको भूमिका

    जब पृथ्वी सात दिन र सात रातसम्म अन्धकारले ढाकिन्छ, त्यतिबेला केही महिलाहरू योगिनीको रूप धारण गरी आफ्नै पतिको हत्या गर्नेछन्। उनीहरू पुरुषको रगत चुस्ने अवस्थामा पुग्नेछन्। यो समय अत्यन्त भयावह, अशान्त र अधर्मको प्रभावले भरिएको हुनेछ, जसले मानिसहरूको व्यवहार र सोचाइलाई पूर्ण रूपमा बदलिदिनेछ।

    मानवले जनावरमाथि गरेको अत्याचारको प्रतिफल

    मानवले जंगल फाँडेर जनावरका घर नष्ट गर्‍यो, उनका बासस्थान खोसेन मात्रै, मारेर पनि खान वा व्यापार गर्न थाल्यो। भविष्य मालिका अनुसार प्रकृतिले पनि कुनै न कुनै रूपमा यसको बदला अवश्य लिनेछ।

    अन्धकारमा जनावरहरूले के गर्नेछन् ?

    सात दिनको अन्धकारमा सूर्य बिल्कुलै देखिने छैनन्। त्यस समयमा हिंसक मांसाहारी जनावरहरू मानिसका घर–घरमा घुसेर मानिसहरूलाई मार्नेछन्। त्यतिबेला कसैले पनि त्यसबाट बचाउन सक्दैन।

    सात दिनको अन्धकार कहिले हुन्छ ?

    भविष्य मालिका अनुसार जगन्नाथ पुरीमा भगवान् कल्किको लीला सम्पन्न भएलगत्तै सात दिन र सात रातको अन्धकार छाउनेछ। त्यसपछि नै दशावतारको अन्तिमरूप—कल्कि अवतार—का दर्शन हुनेछन्।

    कलियुगको अन्त्यमा चारैतिरबाट अद्भुत प्रकारको प्रचण्ड ध्वनि (आवाज) सुनिने छ । कोलकातास्थित माँ कालीको यस आवाजलाई सुनेर तीन–चौथाइ मानिसहरुले तुरुन्त मृत्यु भोग्नेछन्, केवल एक–चौथाइ मात्र बाँची रहनेछन्। त्यसपछि पानी र हावाको समस्या चर्कनेछ, र सातै दिन–रात घना अन्धकार रहनेछ।

    अन्धकारमा कसरी देख्न सकिन्छ ?

    त्यो समय चारैतिर अन्धकार, रगत, हाहाकार र मृत्युका घटनाबीच केवल परम भक्तहरूलाई मात्र स्पष्ट देखिनेछ।
    उनीहरू एक ठाउँमा भेला भएर नामजप, भजन–कीर्तन गर्दै समय बिताउनेछन्। भयंकर संहार भइरहँदा यसको असर भक्तहरुमाथि पर्ने छैन ।

    भक्तहरूलाई ‘निर्मुली’ नामक बोटको जरोबाट बनेको विशेष अञ्जन दिइनेछ। यसलाई आँखामा लगाउँदा अन्धकारमा पनि दिनजस्तै सबै स्पष्ट देखिनेछ। यो जरो केवल पंचसखाहरूले मात्र देख्न सक्नेछन्।

    भोक–प्यासबाट कसरी मुक्ति मिल्नेछ ?

    भगवान् कल्कि भक्तहरूलाई एक गुप्त स्थानमा एकत्रित गरी‘‘गोखर’ नामक विशेष पात प्रदान गर्नुहुनेछ। यो पात खानाले महिनौंसम्म न भोक लाग्नेछ, न त प्यास।
    उनीहरू स्वस्थ रहेरै माधव नामको जपमा लीन रहनेछन्। भक्तहरूका लागि एक विशेष स्थानमा पानीको पनि व्यवस्था गरिएको छ।

    यो घटना किन हुने हो ?

    आजको समयमा सूर्यका किरण तीव्र हुँदै गएको छ, चन्द्रमाको चमक मलिन बन्दै गएको छ।
    सत्युगको वातावरण शुद्ध र सन्तुलित बनाउन नयाँ सूर्य र नयाँ चन्द्रमा स्थापना आवश्यक हुन्छ। भगवान् विष्णुले आफ्ना शक्तिले वर्तमान सूर्य–चन्द्रमाको नाश गरी नयाँको स्थापना गर्नेछन्, जसका लागि सात दिन–रात लाग्नेछ।

    सात दिन–रातको अन्धकारपछि के–के परिवर्तन हुनेछ ?

    – सुर्यको ताप झुल्साउने खालको हुनेछैन।
    – दिनको तापक्रम लगभग २५–२६ डिग्री रहनेछ—पंखा वा एसीको आवश्यकता पर्दैन।
    – चन्द्रमाको प्रकाश अत्यन्त निर्मल र उज्यालो हुनेछ—रातमा पनि सडकबत्तीको आवश्यकता नपर्ने हुन्छ।

    अच्युतानन्द दासज्यूका अनुसार भक्तहरूलाई १६ समूह (मण्डल) मा एकत्रित गरिनेछ, त्यसपछि माँ सरला (देवी सरस्वतीको अवतार) आएर उनीहरूको परीक्षा लिनेछिन्।

    उनीहरूले भक्तहरूको कर्म, माधव नामको जप, त्रिसन्ध्या, र इष्टदेवबारे प्रश्न गर्नेछिन्। शुद्ध कर्म भएका भक्तहरू मात्र सफल हुनेछन्।
    बडाबडा ज्ञानीहरू पनि भ्रमित हुनेछन्।

    रक्षाको एक मात्र मार्ग

    भविष्य मालिका अनुसार सतयुगमा ६४ करोड मानिसमात्र प्रवेश पाउनेछन्।
    आफूलाई सुरक्षित राख्न तलका नियम अत्यन्त आवश्यक छन्—

    मांस, मदिरा तथा सबै प्रकारका नशा–व्यसनबाट पूर्णतः मुक्त हुनु

    नियमित त्रिकाल सन्ध्या गर्नु

    श्रीमद्भागवत महापुराणको नित्य पाठ गर्नु

    मनमा निरन्तर माधव नामको जप गर्नु

    सत्य, दया, प्रेम, शान्ति, क्षमा—यी मूल्यहरूको जीवनमा आचरण गर्नु

    यी सबैमध्ये त्रिकाल सन्ध्या सबैभन्दा महत्त्वपूर्ण मानिएको छ।

    निष्कर्ष

    आज जुन भयावह घटनाहरू देखिरहेका छौँ, भविष्यमा ती अझै डरलाग्दो स्वरुपमा प्रस्तुत हुने छन्।
    भगवान् सधैं नै हामीलाई कल्याणतिर लैजान चाहनुहुन्छ, तर हाम्रो सीमित सोचले हम्मेसा रोकावट पैदा गर्छ।

    यदि हामीले आफ्नो इष्टप्रति पूरा भरोसा राख्यौं भने—
    प्रत्येक परिणाम कल्याणकारी हुनुपर्छ भन्ने अनुभूति हुनेछ।
    भगवान् सदैव आफ्नो भक्तको रक्षा गर्नुहुन्छ।

    हामीले बनाएको यो आडम्बरको संसार केही समयको आनंद मात्र हो, अन्ततः यही मायाले हामीलाई बाँधेर हानि पुर्‍याउँछ।

    हामी भाग्यशाली छौं कि भगवान् कल्कि अवतारको प्रादुर्भाव–कालमा जन्मिन पाएका छौँ।
    जति गल्ती गरे पनि—
    सच्चा प्रायश्चित र प्रभुशरण लिनु नै उद्धारको मार्ग हो।
    भविष्य मालिका नै कलियुगबाट मुक्तिको पथ हो।

    प्रकाशित : आइतबार, ३० कार्तिक २०८२ , ०१:४७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend