logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

आज देशभर वर्षाको पूर्वानुमान, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको पूर्वानुमान, तीन प्रदेशमा भारी वर्षाको चेतावनी


  • बिहिबार, असोज १६ २०८२
  • 806
    SHARES

    काठमाडौं : देशभर मनसुनी र स्थानीय वायूको प्रभावले आज दिनभर मौसम साधारणतया बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी लगायतका प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी समेत दिइएको छ।

    महाशाखाले जारी गरेको सूचना अनुसार, आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा हुनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

    यस्तै, आज राति पनि देशभरको मौसम साधारणतया बदली रहनेछ। राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    भारी वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ। यसले दैनिक जनजीवन, कृषि, पर्यटन तथा यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पार्न सक्ने हुँदा सतर्क रहन आग्रह गरिएको छ।

    प्रकाशित : बिहिबार, १६ असोज २०८२ , ०७:०६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend