– लोकसारथि संवाददाता, काठमाडौं ।
हाम्रो पात्रोले हालै ‘यति एआई’ (Yeti AI) नामक नयाँ च्याटबोट/च्याट सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत प्रयोगकर्ताहरूले हालको समाचार (करेन्ट अफेयर), मिति रूपान्तरण, अनलाइन स्वास्थ्य सल्लाह लगायतका सेवा लिन सक्नेछन्।
हाम्रो पात्रोमा Yeti च्याट कसरी प्रयोग गर्ने?
-
हाम्रो पात्रो एप खोल्नुहोस्। (Open the Hamro Patro app)
-
तलको बीचमा रहेको ‘कल’ प्रतीकमा ट्याप गर्नुहोस्।(Tap on the call symbol in the middle at the bottom)
-
आफ्नो मोबाइल नम्बर प्रविष्ट गरी OTP प्राप्त गर्नुहोस्।(Enter your mobile number and get an OTP )
-
OTP हालेर खाता सक्रिय बनाउनुहोस्।(Enter the OTP to activate your account)
-
अब तपाईं अन्य Yeti प्रयोगकर्तासँग च्याट गर्न सक्नुहुन्छ।(Now you can chat on Hamro Patro with other Yeti users)
नोट: यो सुविधा वेबमा पनि उपलब्ध छ — app.hamropatro.com मा गएर प्रयास गर्न सकिन्छ। अहिले यो सुविधा परीक्षण चरणमा (experimental phase) रहेको छ, र आगामी संस्करणमा थप सुविधाहरू आउने छन्।
Yeti च्याटका मुख्य विशेषताहरू
अब प्रयोगकर्ताहरूले च्याट, अडियो/भिडियो कल, फोटो, भिडियो र स्टिकर पठाउन सक्नेछन्। कम्पनीले च्याट अनुभवलाई अझ रमाइलो र आकर्षक बनाउन विभिन्न पर्व र अवसरअनुसारका स्टिकरहरू पनि उपलब्ध गराएको छ।
Yeti AI च्याटबोटका विशेषताहरू
हाम्रो पात्रोका सीईओ शंकर उप्रेतीका अनुसार निकट भविष्यमा प्रयोगकर्ताहरूले सूचना पठाउने, रेमिट्यान्स पठाउने, अपोइन्टमेन्ट बुक गर्ने र नोट सेव गर्ने उपकरणहरू पनि पाउनेछन्।
त्यस्तै, इन्जिनियरिङ निर्देशक परितोष भट्टराईका अनुसार नयाँ एआई सुविधाले प्रयोगकर्ताको जीवनलाई अरूभन्दा सरल र स्मार्ट बनाउनेछ। यो प्रणालीले प्रयोगकर्तालाई समाचार, विदेशी मुद्रा दर (Forex) र तरकारी मूल्यसम्बन्धी जानकारी उपलब्ध गराउनेछ। साथै प्रयोगकर्ताहरूले अनलाइन डाक्टर र ज्योतिषसँग परामर्श लिन, मिति रूपान्तरण गर्न र थप विषयहरू अन्वेषण गर्न सक्नेछन्। कम्पनीले निकट भविष्यमा अडियो मेसेजिङ र समूह च्याट सुविधा ल्याउने योजना बनाएको छ।
हाम्रो पात्रो : सुपर एपतर्फको यात्रा
‘सुपर एप’ बन्ने लक्ष्यसहित हाम्रो पात्रोले केवल पात्रो सेवामा सीमित नभई विविध डिजिटल सुविधाहरूको विस्तारमा निरन्तर ध्यान दिँदै आएको छ। एआई च्याटबोटको समावेशले कम्पनीको यात्रामा नयाँ अध्यायको सुरुवात गरेको छ।
हालै नेपालको सामाजिक सञ्जाल प्रतिबन्धपछि कम्पनीले सरकारसँग छलफल गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (MoCIT) मा आफ्नो नाम दर्ता गराएको थियो। कम्पनी केही महिनादेखि यो एआई च्याट सुविधा विकासमा जुटेको थियो, र अहिले यो सुविधा सार्वजनिक रूपमा उपलब्ध भएको छ।
Yeti AI सुविधा उपलब्धता
हाम्रो पात्रोका अनुसार ‘Yeti AI’ सुविधा अहिले Android प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ। तर चाँडै नै यो iOS प्रयोगकर्ताका लागि पनि सार्वजनिक गरिनेछ।
यो सुविधा प्रयोग गर्नका लागि आफ्नो एपलाई नवीनतम संस्करणमा अपडेट गर्न कम्पनीले आग्रह गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
