logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण, ८२ जना यात्रु सकुशल

श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण, ८२ जना यात्रु सकुशल


  • शनिबार, कार्तिक १५ २०८२
  • 663
    SHARES

    १५ कात्तिक, बुटवल ।
    धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

    धनगढीबाट बिहान १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं पुग्नुअघि नै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि भैरहवा डाइभर्ट गरिएको थियो।

    विमानको अगाडिको ल्यान्डिङ गियर नखुलेपछि विमानलाई धानवमार्ग (ट्याक्सी–वे) मा रोकिएको थियो। करिब ४० मिनेटसम्म विमानस्थलका अन्य उडानहरू अवरुद्ध भएका थिए। विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, साढे १२ बजे ल्यान्डिङ गियर खुलेपछि विमानलाई ट्रमिनलको पार्किङ क्षेत्रसम्म लैजाइएको हो।

    विमानमा रहेका ८२ जना यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेका छन्। यात्रुहरूलाई लिन काठमाडौंबाट अर्को विमान पठाइएको विमानस्थलले जनाएको छ।

    हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ र सबै नियमित उडानहरू सुचारु भएका छन्।

    प्रकाशित : शनिबार, १५ कार्तिक २०८२ , ०१:३७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend